
दिनेश खड्का
विराटनगर, माघ ३
आइतवार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगरका विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले साेमबार दिप प्रज्वलन गरेका छन् ।
मृतकहरुको सम्झनामा सोमबार विराटनगरको नोबल अस्पताल तथा दिब्य ज्योति अस्पतालमा दिप प्रज्वलन गरिएको छ । विमान दुर्घटनाको दुखान्तमा विराटनगर भन्सार आईसीपी र विराटनगरकाे सजिलाे फिटनेश एण्ड जिममा समेत दिपप्रज्वलन गरिएको छ । त्यसैगरी विराटनगरकै फुल कन्टेक्ट कराटे कल्बका खेलाडिहरुले समेत दिपप्रज्वलन गरी संवेदना व्यक्त गरेका छन् ।
साेमबार साँझ बृहत मधेशी नागरिक समाज, नेपाल साेनार समाज माेरङ, वैश्य सेवा संघ माेरङ र नेपाल भारत संस्कृतिक मंचले समेत संयुक्त रुपमा विराटनगरकाे महेन्द्रचाैकमा दिप प्रज्वलन गरी मृतकहरुलाई श्रद्धानजली अर्पण गरेकाे छ ।
बाटा रोडमा पनि दिप प्रज्वलन
विराटनगरको व्यापारिक मार्ग बाटा रोडमा पनि सोमबार दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ यँहाका स्थानीय व्यापारीहरु एकठ्ठा भई दिप प्रज्वलन गरी मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सो श्रद्धाञ्जलीमा कविर साहेव स्थान (मंदिर)का कोषाध्यक्ष कंविर शहदेव सन्था, अंलकार वाचका विजय लखोटिया, अब्बे ईलेक्ट्रकका रहिल अंसारी, राष्ट्रिय दौरा सुरुवालका मोहमद अल्लाउदिन अंसारी, मंगलमका ट्रेडर्सका अनिल/विक्की रौनियार, जेएम वाच्का मिथिलेश सिहं, प्रनव ट्रेडर्सका सुलभ अग्रवाल र पुर्वाञ्चल आल नि वान् सर्भिसबाट अर्जुन शर्माले संवेदना व्यक्त गरेका थिए ।