१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरकाे विभिन्‍न ठाँउमा दिप प्रज्वलन

Logo

दिनेश खड्का
विराटनगर, माघ ३
आइतवार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगरका विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले साेमबार दिप प्रज्वलन गरेका छन् ।

मृतकहरुको सम्झनामा सोमबार विराटनगरको नोबल अस्पताल तथा दिब्य ज्योति अस्पतालमा दिप प्रज्वलन गरिएको छ । विमान दुर्घटनाको दुखान्तमा विराटनगर भन्सार आईसीपी र विराटनगरकाे सजिलाे फिटनेश एण्ड जिममा समेत दिपप्रज्वलन गरिएको छ । त्यसैगरी विराटनगरकै फुल कन्टेक्ट कराटे कल्बका खेलाडिहरुले समेत दिपप्रज्वलन गरी संवेदना व्यक्त गरेका छन् ।

साेमबार साँझ बृहत मधेशी नागरिक समाज, नेपाल साेनार समाज माेरङ, वैश्य सेवा स‌ंघ माेरङ र नेपाल भारत संस्कृतिक मंचले समेत संयुक्त रुपमा विराटनगरकाे महेन्द्रचाैकमा दिप प्रज्वलन गरी मृतकहरुलाई श्रद्धानजली अर्पण गरेकाे छ ।

बाटा रोडमा पनि दिप प्रज्वलन
विराटनगरको व्यापारिक मार्ग बाटा रोडमा पनि सोमबार दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ यँहाका स्थानीय व्यापारीहरु एकठ्ठा भई दिप प्रज्वलन गरी मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सो श्रद्धाञ्जलीमा कविर साहेव स्थान (मंदिर)का कोषाध्यक्ष कंविर शहदेव सन्था, अंलकार वाचका विजय लखोटिया, अब्बे ईलेक्ट्रकका रहिल अंसारी, राष्ट्रिय दौरा सुरुवालका मोहमद अल्लाउदिन अंसारी, मंगलमका ट्रेडर्सका अनिल/विक्की रौनियार, जेएम वाच्का मिथिलेश सिहं, प्रनव ट्रेडर्सका सुलभ अग्रवाल र पुर्वाञ्चल आल नि वान् सर्भिसबाट अर्जुन शर्माले संवेदना व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]