०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

युनियनकाे प्रदेश अध्यक्षमा तीन जनाकाे दावी

Logo

विराटनगर , पुष ३

विराटनगरका पत्रकार कुमार लुइँटेलले नेपाल प्रेस युनियन प्रदेश नम्बर एकको अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार विराटनगरमा युनियन सम्बद्ध पत्रकारहरुको भेला आयोजना गरी लुइँटेलले उमेदवारी घोषणा गरेका हुन् ।

दुई दशकअघि पत्रकारिता शुरु गरेका लुइँटेलले यसअघि युनियनको मोरङ जिल्ला अध्यक्षकाे रुपमा काम गरिसकेका छन् । उनी हाल बाह्रखरी डटकममा आवद्ध छन् । पत्रकार लुइटेल पार्टीकाे इतर खेमातिर छन् ।

इतर खेमाबाटै विराटनगरका आर्का पत्रकार मिनकुमार नवाेदितले समेत अध्यक्ष पदमा उमेदवारी दिने तयारी गरेका छन् । उनले सार्वजनिक रुपमा हालसम्म उमेदवारी घाेषणा  गरेका छैनन् तर युनियनका प्रभावशाली नेताहरुसँग उनले प्रस्ताव राखिसकेकाे बुझिएकाे छ । त्यसैगरी संस्थापन खेमाबाट अध्यक्ष पदमा सुनसरीकाे पवन अधिकारीले उमेदवारी दिने तयारी गरेका छन् । संस्थापन खेमाबाट अध्यक्षमा हालसम्म आर्काे उमेदवारी देखिएकाे छैन ।

युनियनको माग १३ र १४ गते विराटनगरमा प्रदेश अधिवेशन हुँदैछ। प्रदेश अधिवेशनमा २ सय ७८ जना प्रतिनिधिको सहभागिता रहने छ । अधिवेशबाट २९ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]