२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

शुक्रबारबाट विराटनगरमा प्याब्सन स्पोर्टस मिट हुने

Logo

विराटनगर, माघ ४
माघ ६ गतेबाट विराटनगरको शहिद रङगशालाको खेलमैदानमा प्याब्सन स्पोर्टस मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो स्पोर्टस मिट सम्बन्धमा जानकारी गराएको हो ।

कोरोना कहरका कारण २ बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक पुनः संचालनमा ल्याउन लागिएको बताईएको छ ।
तीन दिनसम्म हुने मिटका खेल प्रतियोगिताहरुमा दुई सय २० वटा प्याब्सन सदस्य विद्यालयहरु मध्ये बाट ३ हजार जना भन्दा बढी खेलाडीहरु सहभागी हुने जिल्ला अक्ष्यक्ष सितला सुब्बाले जानकारी गराइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू खेलाईने बताईएको छ ।

स्पोर्टस मिटका खेलहरु एक लाखभन्दा बढी शिक्षक, विद्यार्थी, अभिभावक तथा खेल प्रेमीहरुले प्रत्यक्ष अवलोकन गर्ने समेत अनुमान गरिएको छ । स्पोर्टस मिटको उद्धघाटन प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीबाट गराउने तयारी छ । उक्त कार्यक्रम अयोजना गर्न कुल १५ लाख खर्च लाग्ने इस्टिमेट गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]