३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

धरानकी शिवमायालाई परेको ब्रजपात बुझिदिने कसले…?

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

निरज बस्नेत
धरान, माघ ८
शिवरेखा राई, नामको अगाडी साक्षात् भगवान् पशुपतिनाथको नाम छ । नाम जस्तै यिनी पनि भगवान् नै हुन् । आमा जहिलेपनि देउता–देवी नै हुन्छिन् ।

धर्तीको जिउँदो देवी वास्तवमैं आमा नै हुन्छिन् । आमा, माता, जननी छिन् नै सर्वव्यापी अपरम्पार । आधा आकाश ढाक्ने, माया , दया, करुणाकी संगम आमा, आमा नै हुन् ।

जगत् जननी, मानव उत्पादनकी सृष्टिकर्ता सवथोक एउटी आमा हुन् । छोरी, बुहारी, दिदि–बहिनी, नन्द, भाउँजु अनेक रुपधारी एउटी महिलाको भूमिका अनेकथरी हुन्छन् ।

राष्ट्र निर्माणमा समेत महिलाको भूमिका अतुलनीय छ । वर्तमान राष्ट्रपति श्रीमती विधादेवी भण्डारी महिला हुन् । यसअघि प्रधानन्यायाधीसमा सुशिला कार्की, सभामुखमा ओनसरी घर्ती मगर, दुवै महिलाहरु प्रमुख पदहरुमा विराजमान भइसकेका सक्षम महिलाहरु हुन् ।

अव मूल विषयवस्तुतर्फ प्रवेश गरौं…विं सं. २०१६ साल भाद्र ८ गते शिवको जन्म यस धर्तीमा भएको थियो । सिधासाधी हिसाव गर्दा शिवरेखा अहिले ६३ बर्षको पूरा भइन् । झट्ट हेर्दा यिनलाई ७० कटेकी लाग्न सक्छ । विविध तनाव उत्तारचढावले हुनसक्छ, यिनिको वास्तविक उमेर भन्दा ६–७ वर्ष बढी नै जस्तो लाग्छ ।

वि. सं. २०७२ सालमा यिनको जीवनमा दैवले दुःख दियो । र, दैव पनि कति निष्ठुरी , सँगैको जेठो छोरालाई विलिन बनाईदियो । न त मरेको खवर आउँछ, न त कतै फेला नै पर्छ ।

जंगल जान्छु भनी सदाझैं हिडेको घरको जेठो छोरो आजसम्म घर आएको छैन । एउटी जन्मदिने आमाको लागि यो भन्दा पिडा अरु के पो हुन्छ । हराएको २०७२ सालको असोज महिनाको १४ गते थियो । छोरो हराएको पनि ८ वर्षभन्दा बढी समय भइसकेको छ ।

शिवरेखाले प्रहरी, प्रशासन, संचारमाध्यमहरु धेरैसँग हारगुहार मागिसकिन् । कहीकतैबाट पनि छोरो फेला पर्ने गरी मद्दत भएकोप्रति शिवरेखा भन् बढी दुःखी छिन् । हराएको छोराको जन्म वि.सं. २०३५ वैशाख २८ गते विहीवार भएको थियो । हराएको पनि विहीवारको दिनमा, यो कस्तो संजोग । ४४ बर्षको पूरा भइसकेको उमेर हो ।

कहाँ छ, कुन अवस्थामा छ, र यस्तै यस्तै चिन्ताले शिवरेखालाई गलाउँछ । आँखाभरी पिलपिल आँशुका बलिन्द्रा समुन्द्रझै बगिरहन्छन् । घरीघरी घूक्कघूक्क रुदै टोलाउँछिन्, छोरो आउँने आशमा, अझैपनि शिवले आश मारेकी छैनन् । र, त भन्छिन्, सास रहुन्जेल आश चाही रहन्छ ।

हराएको जेठाको नाम, केशव राई हो । यो जेठा सुस्त मनस्थितीको छ । अझभन्दा केही प्रतिक्रिया दिइहाल्न सक्दैन । त्यहीभर पनि आजसम्म नभेटीएको हुन सक्छ । यसले त शिवमायालाई झन् बढी पीडा दिएको छ । यो पीडा त छदै छ यसमाथि शिवमायालाई अर्को बज्रपात हाइलाग्यो ।

वि.सं. २०७५ सालमा शिवमायाले लाग्ने गुमाउँनुपर्यो । हे दैव तिमी कति धेरै कठोर पनि हुनसक्दो रहेछौं । यो कस्तो अग्निपरिक्षा शिवमायाको हकमा पीडा दिएर लिदैछौं ।

११ चैत्र २०७५ मा यिनका श्रीमान् वितेका हुन् । एकातिर जेठा छोरा हराएको अर्कोतर्फ श्रीमान्ले पनि संसार छोडे । यतिवेला शिवको साथमा दुई छोरा माइला र कान्छा छन् ।

माइलाको श्रीमती र एक छोरा छन् । यसैक्रममा माइला बुहारी त झन् अर्केसँग पोइला गइन्, त्योपनि नाती सँगै लिएर, अनि परेन त आपत् शिवमायालाई, अहिले शिवमाया आफूलाई रित्तो भएको महसुस गर्छिन् । कान्छा चाही कतार पुगी आएको पनि केही वर्ष भएको छ । कान्छा, माइला प्राइभेट सानोतिनो काम गर्दे छन् ।

यता शिवमाया सकेको यसो केही गर्देछिन् । यिनको परिवार क्रिश्चियन धर्म मान्छन् । शिवरेखालाई खुशी कतैबाट आएन । जताबाट पनि दुःखको चाङ आइपर्यो । तरपनि शिवले हरेश खाएकी छैनन् ।

जीवनको उत्तरार्धमा आउँदा समेत शिवको संघर्षबाट सवैले केही न केही म्यासेज लिनैपर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]