२७ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

मंगलबारदेखि हिसान स्पोर्ट्स मिट

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

निरज बस्नेत
विराटनगर, माघ ८

हिसान मोरङले माघ १० गते देखि १६ गते सम्म हिसान स्पोर्ट्स मीट सन्चालन गर्ने भएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

हिसान स्पोर्टस मिट अन्तर्गत माघ १० गते बिराटनगर १९ स्थित वैद्यनाथपुर रंगशालामा क्रिकेट खेल आयोजना हुने भएको छ । त्यसै गरी माघ ९ गते फुटवल र माघ ११ गते भलिबल सहिद रंगशा लामा सुरु हुने भएको छ । फुटबल खेलमा धेरै प्रतिस्प्रर्धी रहेकाले एक दिन अघिबाटनै फुटवल आयाेजना गरिने हिसानका माेरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । टेबलटेनिस कवर्ड हलमा र बास्केटवल कोवास कलेजमा हुने समेत तय भएको बताईएकाे छ ।

यसबर्ष फुटबलमा २२ टिम सहभागी भएका छन जसमा विधा अनुसार खेलाडीहरुले बेस्ट स्कोरर , बेस्ट किपर र बेस्ट प्लेयरका साथै २१ वटा म्यान अफ द म्याचकाे उपाधी पाउनेछन् । त्यसै गरी १५ टिम सहभागी हुने भलिवल खेलमा बेस्ट स्पाइकर , रेजर र डिफेन्सरका साथै १४ वटा म्यान अफ द म्याचकाे उपाधी दिईने बताईएकाे छ ।यसरी नै क्रिकेट खेलमा पनि बेस्ट बलर , बेस्ट ब्याट्स्मेन र बेस्ट प्लेयरका साथै २१ वटा म्यान अफ द म्याच दिने तय भएको छ ।

प्रतियोगितामा हिसानमा आवद्ध विभिन्न २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।

हिसान मोरङले फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाई ट्र्फी र प्रमाण पत्र एबम खेलाडीलाई मेडल र प्रमाण पत्रले सम्मान गर्नेछ । साथै वास्केट बलमा प्रथमलाई , लामो र छोटो दुरीको दौडका साथै टेबल टेनिसमा प्रथम , दोस्रो तेस्रो साथै हुने महिला तथा पुरुष खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्रले समान गर्नेछ ।
फाइनल खेल र समापन कार्यक्रम माघ १६ गते सहिद दिवसको दिन सहिद रंगशालामा सम्पन्न गर्ने तय गरिएको छ। हिसान स्पोर्टस मीटको अनुमानित खर्च रु २५ लाख हुने प्रक्षेपण गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं,२४ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने महत्त्वपूर्ण निर्णय गरेका छन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएका हुन् । संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन पुनर्गठन गर्न आह्वान गरिएको छ। साथै संघसङ्गठनहरूलाई गैर-राजनीतिक चरित्रको स्वतन्त्र […]

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]