१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा ‘नाे पार्किङ’ काे विराेध

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

दिनेश खड्का
विराटनगर, माघ ९

विराटनगरमा विना याेजना जताततै पार्किङ निषेध गरिएकाे भन्दै महानगरकाे कदम विरुद्ध विराेधका स्वरहरु गुञ्जन थालेका छन् । कुनै मुल याेजना नबनाई जथाभावी नियम मात्र लाद्न खाेजेकाेमा विराटनगर बजारक्षेत्रका स्थानीय तथा व्यापारी आक्रान्त बनेका हुन् ।

स्थानीय, यँहाका व्यापारी र सराेकारवालहरुसँग कुनैपनि साल्लाह नगरी जताततै पार्किङ निषेध गरिनुलाई स्थानीयहरुले अराजकताकाे संज्ञा दिएका छन्  । मुख्य बजार क्षेत्रमा कुनै याथाेचित विकल्प नदिई पार्किङ निषेध गरेसँगै व्यापार व्यवसायमा असर पुगेको भन्दै स्थानीय व्यवसायीहरु विराेधमा उत्रिएका छन्  । पार्किङ नभएकै कारण ग्राहक आउन छाेडेपछि व्यापारीहरु त्यहाँबाट पलायन हुने अवस्था आएकाेले स्थानीय घरधनीहरु समेत चिन्तित बनेका छन् ।

शुक्रबार हुनमानदास रोड तथा जलजला राेडका व्यवसायीहरूले  महानगरको कदमप्रति आपत्ति जनाउँदै प्रदर्शन समेत गरेका थिए। बजार क्षेत्रमा पहुँचयोग्य पार्किङस्थलको व्यवस्था नहुँदा यसले स्थानीय व्यापारमा ठुलाे असर पुर्‍याएकाे व्यसायीहरुकाे गुनासाे छ । उनीहरुले सडकको कुनै एक भागमा पार्किङ गर्न दिईनुपर्ने माग राख्दै महानगरलाई यथासिघ्र नियम सच्चयाउन चेतावनी समेत दिएका छन् । हनुमानदास रोड र रंगेली रोडलाई महानगरले बिहीबारबाट नो पार्किङ जोन बनाएको छ ।

यता महानगरले भने पार्किङकाे लागी स्थानहरु ताेकिसकेकाे बताएकाे छ । महानगरका अनुसार हुनमानदास रोड र रंगेली रोडका लागि कुल ४ स्थानमा निःशुल्क पार्किङको व्यवस्थापन मिलाइएको छ । पुरानो गुद्री भएको इ प्लट र बिजुली बजार अगाडिको ४ कठ्ठा जग्गालाई पार्किङ स्थल तोकिएको र ग्रीनक्रस हस्पिटल पछाडि र सञ्चेती चिया अगाडिको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको महानगरले बताएकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]