१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एमालेका केही नेताको दवाबमा कैदी अभिषेक गिरीलाई कारागार सरुवा गर्ने हदसम्मको प्रपन्च

Logo

निरज बस्नेत
विराटनगर, माघ १०
मोरङ कारागारमा रहेका कैदी चौकिदार अभिषेक गिरीलाई यहाँबाट अन्यत्र लाने प्रपन्च गरिदै गरेको कुरा बाहिरिएको छ । सो कुरामा सत्यता नरहेको एमालेका केन्द्रिय सदस्य विनोद ढकाल बताउँछन् । ढकालका अनुसार एमालेलाई यस्तो काम गर्न के आवश्यक छ ? भन्दै प्रतिक्रिया व्यक्त गरेका छन् ।

यता कारागार सरुवा गर्ने कुरामा एमालेकै केही नेताहरुको हात हुनसक्ने कुरा चौकीदार गिरीको दावी रहेको छ । यस मानेमा गिरी आफू असुरक्षित भएको महसुस गरेको कुरा जनचर्चालाई बताएँ । गिरीका आफन्तहरु समेत कारागार सरुवा गर्ने कुराले चिन्तित बनेका छन् ।

गिरी नेपाली कांग्रेससँग आवद्द भएकै कारण पनि हुनसक्छ, एमालेका केहीबाट अन्यत्र सरुवा गरी केही नराम्रो घटना घटाउँन खोजेको हो की यस्तै आशंका समेत चर्चामा आएको पनि छ ।

गृहका प्रवक्ता फडिन्द्र पोखरेलसँग यस विषयमा धारणा माग्दा उनले केही धारणा दिनुनपर्ने बताएँ । पोखरेललेसँग के यसमा एमालेको संलग्नतामा गृहले सरुवा गर्न भनेको हो भन्दा आफूलाई राजनीतिक विषयमा केही थाहा नभएको र यससम्वन्धमा गृहको कहीकतै इन्ट्रेस्ट नरहेको जानकारी दिएँ । गृह प्रवक्ता पोखरेलले यस्तो धारणा राखिरहँदा गृह मातहतकै कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौंले स्थानान्तरण व्यवहोरा सहितको लिखित पत्र बोधार्थ जिप्रका मोरङ र जिप्रका मकवानपुर तथा कारागार कार्यालय मकवानपुरलाई चलानी नं. ६७० नम्वरको बोधार्थ पत्र २०७९ पुष २९ गते नै पठाएको देखिन्छ । जुन पत्र कारागार मोरङले दर्ता नं. ४३७५ सहित सकारेको छ ।

कैद भुक्तान हुन एक महिना पनि नहुदैं गृह मन्त्रालयको सिधै निर्देशनमा गिरीलाई मोरङ कारागारबाट भिमफेदी कारागारमा सरुवा गरी लैजाने काम नै नियमविपरित भएको दावी गर्दे चौकीदार गिरीले सम्मानित उच्च अदालत विराटनगरमा माघ ३ गते रिट निवेदन दर्ता गराएका थिँए ।

यता सो रिटमा सम्मानित उच्च अदालत विराटनगरले दुवै पक्षलाई १२ माघमा बोलाएको छ । गिरीले सम्मानित उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग सहित रिट निवेदनमा कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय मोरङ, र मोरङ कारागारलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।

रिटमा एक वर्षभन्दा कम अवधिमा छुट्ने कैदीवन्दीहरुको सरुवा नगर्ने प्रावधान विपरित आफ्नो सरुवा भएकोले बदर गर्न माग गरिएको छ । मागमा उत्प्रेषण परमादेश को माग गरिएको छ ।

सम्मानित उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार उच्च अदालत विराटनगरका न्यायाधीस किरणकुमारी गुप्ताको एकल इजलासले माघ ९ गते दुवै पक्षलाई छलफलको लागि उपस्थित हुन आदेश दिएको छ ।

यसक्रममा गिरीको तर्फवाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ताहरु, कल्याण केसी र मदनकुमार पन्तले बहस गरेका थिँए । उच्चले माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए आधार र कारण खुलाई लिखित प्रमाणसमेत साथमै राखेर १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय विराटनगरमार्फत लिखित जवाफ पेश गर्न पनि विपक्षीलाई आदेश दिएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गर्दे आएका गिरी फागुन ३ गते कैद अवधि पुरा गरी रिहा हुदैछन् । गिरीलाई २०७८ मंसीर ९ गते मोरङ कारागार ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]