२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

काठमाडौंको बसाइँ छोडी जुत्ता व्यापार गर्न विराटनगर आइपुगेका श्याम मगरातीको संघर्ष प्रसंसनीय

Logo

निरज बस्नेत
विराटनगर, माघ १०
श्याम मगराती उमेरले अहिले ४१ बर्षको भएँ । यिनको जन्म वि.स. २०३८ सालमा भएको हो । बालाजु काठमाडौंमा जन्मी उतैं जीविकोपार्जन गरी जीवन व्यतित गर्दे आइरहेका मगराती काम विशेषले ५ बर्षअघि काठमाडौंबाट विराटनगर झरेका थिँए ।

यही समयमा नै मगरातीको जीवनले बेग्लै मोड लियो । परिणाम आज यिनी विराटनगरमा नै बसेर जुत्ता बनाउँने कार्यमा अग्रसर भएका छन् ।

विराटनगर ११ मा यिनी एक घरमा तल्लो तल्लाको फ्ल्याइट लिई ५ जना स्टाफको साथमा घरेलु व्यवसाय गर्दे आइरहेका छन् । सरदर दिनको ५० पिससम्म जुत्ता बनाउँन सक्ने क्षमता यिनको रहेको छ ।यहाँ मासिक ९ हजार भाँडा यिनी तिर्छन् ।

जुत्ता बनाउँन लाग्ने कच्चा पदार्थमा फर्मा डाई, सियो, सिलाई मेशीन, ड्रेन ड्राइड लगायत अन्य चाहिन्छ । यो सामाग्री विराटनगरमा नै उपलब्ध हुन्छ । १ लाख पिस सम्मको अर्डर आएमा यिनी १० दिनसम्म बनाइदिनसक्छु भन्छन् । यिनको यही काममा जज्वा देखाउँन सक्ने दरो खुवीलाई संघर्षको वास्तविकताको आवरणमा मज्जाले हाल्दा फरक चाँही पर्देन ।

११ बर्षको उमेरहुदाँदेखी नै यिनले सिकेको पेशा हो, यो जुत्ता बनाउँने गतिलो पेशा । यसमा दम छ । यिनले बनाएको जुत्ताको मूल्य एकदमै सस्तो पर्छ । होलसेल जुत्ताको कारोवार गर्ने यिनी साथीभाई आउँदा मित्रवत् व्यवहार गर्दे बजार मूल्यभन्दा निकै नै सस्तो दरमा जुत्ता दिन्छन् ।

एक श्रीमती एक छोरा र एक छोरीको साथमा यिनको जीवन सुखमय नै छ । आफ्नो यस्तो सुखमय परिवार त्योपनि राजधानीको प्यारो बसाइँ छोडी यिनी विराटनगर आउँनुलाई संजोग नै मान्छन् । तथापी विराटनगरमा विगत ५ बर्षअघिदेखी वसोवास गरेको आधारमा यिनले यहाँवाट राम्रै एक्सपिरियन्स लिएर नै फ्युचरमा काठमाडौं जाने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]