१२ माघ २०८२, आइतबार
25-01-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

काठमाडौंको बसाइँ छोडी जुत्ता व्यापार गर्न विराटनगर आइपुगेका श्याम मगरातीको संघर्ष प्रसंसनीय

Logo

निरज बस्नेत
विराटनगर, माघ १०
श्याम मगराती उमेरले अहिले ४१ बर्षको भएँ । यिनको जन्म वि.स. २०३८ सालमा भएको हो । बालाजु काठमाडौंमा जन्मी उतैं जीविकोपार्जन गरी जीवन व्यतित गर्दे आइरहेका मगराती काम विशेषले ५ बर्षअघि काठमाडौंबाट विराटनगर झरेका थिँए ।

यही समयमा नै मगरातीको जीवनले बेग्लै मोड लियो । परिणाम आज यिनी विराटनगरमा नै बसेर जुत्ता बनाउँने कार्यमा अग्रसर भएका छन् ।

विराटनगर ११ मा यिनी एक घरमा तल्लो तल्लाको फ्ल्याइट लिई ५ जना स्टाफको साथमा घरेलु व्यवसाय गर्दे आइरहेका छन् । सरदर दिनको ५० पिससम्म जुत्ता बनाउँन सक्ने क्षमता यिनको रहेको छ ।यहाँ मासिक ९ हजार भाँडा यिनी तिर्छन् ।

जुत्ता बनाउँन लाग्ने कच्चा पदार्थमा फर्मा डाई, सियो, सिलाई मेशीन, ड्रेन ड्राइड लगायत अन्य चाहिन्छ । यो सामाग्री विराटनगरमा नै उपलब्ध हुन्छ । १ लाख पिस सम्मको अर्डर आएमा यिनी १० दिनसम्म बनाइदिनसक्छु भन्छन् । यिनको यही काममा जज्वा देखाउँन सक्ने दरो खुवीलाई संघर्षको वास्तविकताको आवरणमा मज्जाले हाल्दा फरक चाँही पर्देन ।

११ बर्षको उमेरहुदाँदेखी नै यिनले सिकेको पेशा हो, यो जुत्ता बनाउँने गतिलो पेशा । यसमा दम छ । यिनले बनाएको जुत्ताको मूल्य एकदमै सस्तो पर्छ । होलसेल जुत्ताको कारोवार गर्ने यिनी साथीभाई आउँदा मित्रवत् व्यवहार गर्दे बजार मूल्यभन्दा निकै नै सस्तो दरमा जुत्ता दिन्छन् ।

एक श्रीमती एक छोरा र एक छोरीको साथमा यिनको जीवन सुखमय नै छ । आफ्नो यस्तो सुखमय परिवार त्योपनि राजधानीको प्यारो बसाइँ छोडी यिनी विराटनगर आउँनुलाई संजोग नै मान्छन् । तथापी विराटनगरमा विगत ५ बर्षअघिदेखी वसोवास गरेको आधारमा यिनले यहाँवाट राम्रै एक्सपिरियन्स लिएर नै फ्युचरमा काठमाडौं जाने बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]