०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

१७ वर्षपछि विराटनगरमा कार र्‍याली

Logo

  1. विराटनगर, माघ  १०

विराटनगर राउण्ड टेवल नं. ५ ले  फागुन २६ गते  कार र्‍याली आयोजना गर्ने भएकाे छ । टेवलले यस पटककाे कार र्‍यालीकाे स‌ंयाजाेक विवेक मालपानीलाई ताेकेकाे छ । साे संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी र्‍यालीबारे जानकारी गराएकाे छ ।

आयाेजकका अनुसार र्‍यालीमा १ सय कारकाे सहभागीता रहने  छ ।  र्‍यालीमा “समय, गति र दुरी” काे आधारमा स्पर्धा समेत गराईने बताईएकाेछ । स्पिडमा लिमिट ताेकिएकाे हुनाले दुर्घटनाकाे संभावना एकदमै न्युनरहने र्‍यालीकाे सह संयाेजक हर्ष धनावतले जानकारी दिए । स्पर्धामा पहिलाे हुनेलाई पुरस्कार स्वरुप युराेप भ्रमण गराईने आयाेजकले जानकारी दिएकाे छ । दाेस्राे र तेस्राे हुनेलाई समेत आकर्षक पुरस्कार दिने आयाेजककाे तयारी छ ।

र्‍यालीले माेरङ, सुनसरी र झापाका विभिन्न पालिकाहरु परिक्रममा गर्नेछन् । फागुन २६ गते विराटनगरबाट दिउँसो १२ बजे निस्कने कार र्‍याली ६ देखि ७ घण्टाको यात्रा तय गरेर पुनः विराटनगर फर्किने छ ।

टेवल न‌ं ५ का अध्यक्ष ऋषव दाहलले र्‍यालीबाट उठेकाे रकमले माेरङका विभन्न सरकारी विद्यालयकाे स्तरउन्नती गरिने बताए ।  टेवलका प्रमुख सल्लाहकार तथा र्‍यालीका पुर्व संयाेजक रहेका उद्योगी राकेश सुरानाले र्‍यालीलाई सफल बनाउन आफ्नाे पुर्ण साथ सहयाेग रहने कार्यक्रममा प्रतिवद्धता व्यक्त गरे ।

टेवलका सदस्य अस्विनी बंसल, मयुर अग्रवाल, अतुल महेश्वरी, गाेविन्द अग्रवाल, गाेपाल ताेदी, राजन भगत, पंकज अग्रवाल, नवनित अग्रवाल, अमन शाह, पंकज दुगड, संदिप अग्रवाल, संजय काेईराला, रवि अग्रवाल, राेजर अग्रवाल, डा गाेविन्द झा, गाैरव राठी, नरेश लाेहिया, पियुष लुनिया र राेहित तापरियालाई र्‍याली व्यवस्थापनकाे लागी विभिन्न जिम्मेवारी दिईएकाे छ ।

आरटिएन राउण्ड टेवल नेपाल कार र्‍याली २०२३ नाम दिईएकाे साे ईभेन्ट यस अघि सन २००६मा आयाेजना भएकाे थियाे ।  राउण्ड टेवलका सदस्य विवेक मालपानीले कार र्‍यालीलाई पुन: संचालन गर्ने जमर्काे गरेपछि १७ वर्षपछि याे ईभेन्ट हुन लागेकाे हाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]