२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरका वरिष्ठ चिकित्सकद्दय गिरी एवं कार्की अख्तियारको फन्दामा

Logo

निरज बस्नेत,

विराटनगर, माघ १०
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको फन्दामा विराटनगरका वरिष्ठ चिकित्सकद्दय ज्ञानेन्द्र गिरी एवं ज्ञानेन्द्रमानसिह कार्की परेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्द मुद्दा दायर गरेकोमा गिरीलाई जोगाउँन मतियार बनेको आरोपमा अर्का डा. ज्ञानेन्द्रमानसिंह कार्की विरुद्द समेत मुद्दा दर्ता गरेको छ ।

दुवै वरिष्ठ डाक्टर विरुद्द अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारको अभियोगपत्रमा गिरीले पदीय र सोही मर्यादा अनुसार अनुशन्धान हुँदा आधिकारिक निकायबाट पदको दुरुपयोग गरेको दाबी सहित मुद्दा दर्ता भएको हो । यता कार्कीलाई, गिरीलाई सघाउ पुर्याउने काममा मतियार बनेको आरोप छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा पाए भनी पदीय मर्यादा विपरित कार्य गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुशन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले बदनियतसाथ कुनैपनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहोदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरी देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दावी लिइएको छ ।

यता मतियारको भूमिका रहेको देखिएको हुनाले कार्कीलाई समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको कसुरमा सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुशन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]