०४ माघ २०८२, शनिबार
17-01-2026 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरका वरिष्ठ चिकित्सकद्दय गिरी एवं कार्की अख्तियारको फन्दामा

Logo

निरज बस्नेत,

विराटनगर, माघ १०
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको फन्दामा विराटनगरका वरिष्ठ चिकित्सकद्दय ज्ञानेन्द्र गिरी एवं ज्ञानेन्द्रमानसिह कार्की परेका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्द मुद्दा दायर गरेकोमा गिरीलाई जोगाउँन मतियार बनेको आरोपमा अर्का डा. ज्ञानेन्द्रमानसिंह कार्की विरुद्द समेत मुद्दा दर्ता गरेको छ ।

दुवै वरिष्ठ डाक्टर विरुद्द अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारको अभियोगपत्रमा गिरीले पदीय र सोही मर्यादा अनुसार अनुशन्धान हुँदा आधिकारिक निकायबाट पदको दुरुपयोग गरेको दाबी सहित मुद्दा दर्ता भएको हो । यता कार्कीलाई, गिरीलाई सघाउ पुर्याउने काममा मतियार बनेको आरोप छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा पाए भनी पदीय मर्यादा विपरित कार्य गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुशन्धान हुँदा डा. ज्ञानेन्द्र गिरीले बदनियतसाथ कुनैपनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहोदा पाएँ भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरी देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दावी लिइएको छ ।

यता मतियारको भूमिका रहेको देखिएको हुनाले कार्कीलाई समेत भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको कसुरमा सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुशन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]

काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्ने भएको छ । महाधिवेशनले पार्टीको उपसभापतिमा फरमूल्लाह मन्सुरको नाम टुङ्गो लगाएको छ । निर्वाचन समितिका एक अधिकारीले बताएअनुसार सर्वसम्मतिमा नेतृत्व चयन गर्ने जिम्मा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । उनले कांग्रेसको विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको र सोमध्य एक जनाको […]

काठमाडौँ,३० पुस। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि ५ वर्षे कारबाहीको घोषणा गर्दै पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। आयोग स्रोतका अनुसार बुधबार अपराह्न दर्ता भएको पत्रमा देउवा पक्षले तीन नेतालाई कारबाही गरिएको जानकारी समावेश गरिएको छ। कारबाहीमा परेका नेताहरूले भने बहुमत विशेष महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेकाले […]