२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

रवि लामिछानेको नागरिकतासम्वन्धी विवादमा सर्वोच्चमा अन्तिम सुनवाई

Logo

निरज बस्नेत
विराटनगर, माघ ११
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्वन्धी विवादमा आजबाट सर्वोच्च अदालतमा अन्तिम सुनुवाई शुरु हुने भएको छ । निष्क्रिय नागरिकता प्रयोगमा ल्याएर चितवन–२ बाट रविले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका अनि निर्वाचित भएपछि उनलाई अयोग्य घोषित गर्न माग गर्दे सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्चको संवैधानिक इजलासमा सो रिटमा आजबाट अन्तिम सुनुवाई गर्ने र फैसला गर्ने गरी यो मुद्दालाई अग्राधिकार दिइएको थियो । चुनावभन्दा ४ महिनाअघि गठन गरेको रास्वपाबाट प्रतिनिधित्व गर्दे रविले चितवन–२ बाट चुनाव लडी अत्यधिक मत ल्याई चुनाव जितेका थिए ।

तत्पश्चात् स्वार्थ बाझिने गृहमन्त्री बनेका छन् । यता लामिछानेको नागरिकता विवाद झन् बढी उत्कर्षमा पुगेको छ । अदालतमा पुगेको यो विवाद रवि नेपाली हुन् की होइनन् भन्ने नै हो ।

रविले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रक्रिया पूरा नगरेकाले उनको नागरिकता कायम नरहने तर्क रिटमा गरिएको छ । यता रविले आफू अमेरिका जाँदा नेपाली नागरिकता नत्यागेका कारण आफू नेपाली नै भएको बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]