३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सवैको रोजाइको एउटा प्रिय मान्छे , जसको नाम हो, चाँद बाबु ईराकी

Logo

निरज बस्नेत
विराटनगर, माघ १६

विराटनगर स्थायी घर भएका युवा समाजसेवी चाँद बाबु ईराकी सवैको रोजाइको प्रिय मान्छे हो भन्दा शतप्रतिशत सही भनेको हुन्छ । नाम जस्तै यिनको काममा पनि चमक झल्किन्छ ।

यिनै ईराकी भारतको हरियाणामा सम्पन्न अन्तराष्ट्रिय युवा विकास कन्क्लेभमा विराटनगरका उदयमान अतिथी वक्ताका रुपमा प्रतिनिधित्व गरी हालसालै नेपाल फर्किएका छन् ।

नेपालको शान विदेशी भूमिमा समेत चाँदको योग्यताको उच्च कदर भएको छ । कार्यक्रममा युवाहरुको क्षमता विकास , युवाहरुमा भातृत्वको भावनाको विकास गराउँनु, युवाद्दारा संचालित संस्थाहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

यता विराटनगरमा रहेर पनि चाँदको सोसल सेक्टरमा अतुलनीय योगदान रहेको छ । उक्त कार्यक्रममा अमेरिका, मलेसिया, भारत, र नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि ईराकी कतारमा सम्मानित भएर नै आएको सवैमा सर्वविदितै रहेको छ ।

कार्यक्रममा दिगो विकासका लक्ष्य प्राप्तिका लागि आगामी कार्यक्रमलाई अझ वृहत बनाउँदै राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय तहसम्म नेतृत्व क्षमताको विकास गर्दे युवाहरुको सहभागितामा बढोत्तरी गर्दे अघि बढ्नु रहेको थियो । थुप्रै संघसंसथामा आवद्दता रहेर ईराकीले आफ्नो ठाउँ, समाजको लागि बेग्लै किसिमको योगदान दिएका छन् ।

नेपालबाट प्रतिनिधित्व गरेका उदयमान युवा ईराकीलाई उक्त कार्यक्रममा उनले युवाका क्षेत्रमा गरेका कामहरु, दिएका निरन्तरता र युवाको विकासका लागि गरेको गतिविधि प्रति सम्मान व्यक्त गर्दे सम्मानित गरिएको थियो । यस्ता सम्मान त ईराकीले आजसम्म नेपाल लगायत विश्वका अन्य धेरै राष्ट्रमा पाइसकेका पनि छन् ।

उक्त कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा ईराकीले युवामा आएको नैराश्यतालाई कम गर्न सवैमिली अघि बढ्नुपर्ने , डिप्रेसनको अवस्थामा रहेका युवाहरुलाई निकाल्नका लागि युवामुखी कार्यक्रम गर्दे अघि बढ्नुपर्ने बताएँ । सँगै परिवारले, शिक्षकले र समाजले युवाका समस्यालाई बुझेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]