१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

फेसबुक दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ती पक्राउ

Logo

काठमाडौं, माघ १७

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दु:ख, हैरानी दिने, समाजमा पीडितको चरित्रहत्या, बदनाम, बेईज्जत हुने कार्य गरेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतिय कारोवार ऐन, २०६३  अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]