०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक्स्पो रोक्न उच्च अदालतबाट भएन निषेधाज्ञाको आदेश, एक्स्पो निर्वाध संचालन हुने

Logo

विराटनगर, माघ २०

बाटो छेकेर सिएनआई कोसी एक्स्पो आयोजना गरिएको भन्दै परेको रिट निवेदनमाथि शुक्रबार भएको सुनुवाईमा उच्च अदालत विराटनगरले एक्स्पो रोक्ने उदेश्यले निवेदकका तर्फबाट माग गरिएको निषेधाज्ञाको आदेश दिएन ।

उच्च अदालत विराटनगरका न्यायधीस किरणकुमारी गुप्ताको एकल इजलासले निवेदनको माग बमोजिम शुक्रबार विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आयोजित एक्स्पोमा सार्वजनिक सडकको आवागमन रोकिने गरी एक्स्पो आयोजना गरिएको भन्दै विराटनगर–९ का विन्दा नन्द नुन्दीले बिहीबार उच्च अदालत विराटनगरमा निषेधाज्ञा, उत्प्रेषण र परमादेशको माग गर्दै रिट निवेदन दिएका थिए ।

न्यायधीस गुप्ताको इजलासले विपक्षीहरु जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, नेपाल उद्योग परिसंघ प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको हो ।
आर्थिक मन्दी छाएको बेलामा एक्स्पोका माध्यमबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै उक्त स्थानमा रहेको निजी खाली जग्गामा एक्स्पोको आयोजना गरिएको थियो । सडकको दुईपटी रहेको खाली जग्गा मध्ये एउटामा जग्गामा मात्रै एक्स्पोका सवै संरचना नअट्ने भएपछि करीव ५० मिटर सडकलाई स्थानीय तह र सुरक्षा निकायसँगको समेत समन्वयमा बन्द गरिएको थियो ।
बन्द गरिएको सडक खण्डमा घरहरु नभएको र नजिकैबाट वैकल्पिक सडकको व्यवस्था भएको अवस्थामा त्यसले आवागमनमा कुनैपनि कठिनाई नहुने निश्कर्षमा सवै निकाय पुगेका थिए ।
उच्च अदालत विराटनगरमा बिहीबार निषेधाज्ञाको माग गर्दै रिट निवेदन दर्ता भएपछि एक्स्पो नै प्रभावित हुने हो कि भन्नेमा उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका थिए । तर अदालतले रिट निवेदक वादी पक्षको तर्फका कानुन व्यवसायीहरुको माग अपर्याप्त हुने भन्दै निषेधाज्ञाको आदेश नहुने ठहर गरेको हो ।

बैंकको चर्को व्याज, बीमा कम्पनीको चर्को प्रिमियन र विद्युत प्राधिकरणको अघोषित लोडसेडिङको मारमा रहेको उद्योगी व्यवसायीहरुले साहस गरेर आयोजना गरिएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।
उनले अदालतको आदेशले निजी क्षेत्रले चुनौति मोलेर आयोजना गरेको करोडौं लगानी भएको एक्स्पोलाई नियमित रुपमा अघि बढाउन ठुलो राहत भएको जानकारी दिए । घिमिरेले अदालतले दिएको कारण देखाउ आदेशलाई तोकिएको म्यादभित्र ससम्मान रुपमा जवाफ दिने बताए ।
यसैबीच बिहीबार उद्घाटन भएको सीएनआई कोसी एक्स्पोको दोस्रो दिन आज शुक्रबार पप संगीतका चर्चित स्टार सविन राई र उनको फारोह ब्याण्डको प्रस्तुति रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]