०१ जेठ २०८२, बुधबार
14-05-2025 , Wed
Gold Silver Price (30 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 185300
Silver 1 Tola Nrs. 1985

पूर्वमुख्यमन्त्री आचार्य र उद्योगमन्त्री सिटौलाद्वारा एक्स्पो अवलोकन

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

विराटनगर, माघ २१

प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आचार्य र प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पो २०७९ को अवलोकन गरेका छन् । एक्स्पोको दोस्रो दिन शुक्रबार उनीहरुले विभिन्न स्टलहरुको स्थलगत अवलोकन गरेका हुन् ।
स्टलहरुको अवलोकनपछि पूर्वमुख्यमन्त्री आचार्यले औधोगिक क्षेत्रको विकासका लागि एक्स्पोले उद्योगीहरुको मनोबल बृद्धि गर्ने बताए । उनले प्रदेश १ को आर्थिक विकासमा एक्स्पो महत्वपूर्ण अवसर बनेको बताए ।

त्यसैगरी प्रदेश १ सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री सिटौलाले पनि एक्स्पो स्थलमा राखिएका करीव चार सय स्टलहरुको अवलोकन गरेका छन् । एक्स्पो अवलोकनपछि मन्त्री सिटौलाले प्रदेश १ को आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै प्रदेश सरकारले पनि सहकार्य गरिरहेको बताए ।
आर्थिक गतिविधिहरु भएको खण्डमा मात्रै बजारको विकास हुने र रोजगारीको अवसर सिर्जना हुने मन्त्री सिटौलाले बताए । उनले घरेलु तथा लद्यु उद्यमीहरुलाई पर्याप्त स्थान दिएर एक्स्पो आयोजना गरिएको पाइएको भन्दै सीएनआईसँग आगामी दिनमा पनि सहकार्यको वातावरण तयार भएको बताए ।

आर्थिक क्षेत्रलाई गतिशिलता दिनका लागि चुनौतिका वावजुद पनि एक्स्पोलाई अघि बढाएको सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनले स्टलहरुमा उत्साहपूर्ण रुपमा उद्योगी व्यवसायीहरुले सहभागीता जनाएको बताए ।
विराटनगर–२ शंकरपुर मार्गमा सुरु भएको ऐतिहाँसिक सीएनआई कोसी एक्स्पोको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काभ्रेपलाञ्चोक, ३० वैशाख । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति […]

काठमाडौं ,२९ बैशाख। पूर्व न्यायाधीश फोरमले वर्तमान संविधान लागू भएको दश बर्ष बितसक्दा पनि मुलुकमा कानूनको सर्वाेच्चता स्थापित हुन नसकेको जनाएको छ । फोरमद्वारा कानून दिवस २०८२ को उपलक्षमा काठमाडौंमा आयोजित कानूनी राज्य संरक्षणमा न्यायपालिकाको अपेक्षित भूमिका बिषयक छलफल कार्यक्रम पछि जारी विज्ञप्तिमा  मुलुकको शासन व्यवस्था कानून अन्तर्गत अनुशासित,उत्तरदायी र मर्यादित हुँदै जानुको सट्टा स्वेच्छाचारिता […]

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]