१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

प्रहरी श्रीमती संघद्वारा रंगेलीमा स्वास्थ्य सिविर

Logo

विराटनगर, माघ २५ 

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । आज मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होम प्रा.लि.का मेनेजर मोहम्मद जियाउल हक सहित १२ जना बिशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।  शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाटी तथा आँखा रोग सम्वन्धि समस्या भएका ३९४ जना स्थानिय सर्व साधारण महानुभावहरु तथा स्थानिय प्रहरी कर्मचारीहरुले समेत निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]