१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सीएनआई कोसी एक्स्पोमा शुक्रबार समिर श्रेष्ठको प्रस्तुति

Logo

विराटनगर, माघ २६
विराटनगर–२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सिएनआई कोसी एक्स्पोको शुक्रबार सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ ।
‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो ।

यो गीत यूट्युवमा टप टेनभित्र ट्रेण्डिङ रहेको छ । उक्त गीत १७ लाख बढिले हेरिसकेका छन् । तीन महिना अघि उनले ल्याएको ‘हेर न’ बोलको गीत अहिलेसम्म ९३ लाख पटक हेरिसकिएको छ ।
उनका ‘कुरि बसेछु, मेरो मनमा, चार दिवार, मनका कुरा, आज किन, माया त माया हो, कुराकानी’ लगायतका गीत चर्चित छन् ।
शुक्रबार साँझका लागि स्थानीय ‘शुभम् एण्ड द ब्याण्ड’ ले पनि प्रस्तुति दिने जनाइएको छ । एक्स्पोमा सा“झ ६ः३० बजेसम्म टिकट काट्दा टिकट दर १०० रुपैयाँमात्रै कायम गरिएको छ । कक्षा ९ मुनिका विद्यार्थीले भने ५० रुपैयाँमै टिकट पाउने छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]