०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

महाशिवरात्रीमै हाम्रो भेट भएको त्यो दिन आज मैले सम्झे …

Logo

निरज बस्नेत
विराटनगर, फागुन ६
स्थान धरान , अनि मन्दिर धरानमै रहेको पिण्डेश्वर बाबाधाम, दिन थियो महाशिवरात्रीको पवित्र दिन , मैले तिमीलाई पहिलो पटक देखेको दिन, म आजपनि सम्झिदैछु ।

माया तिमीलाई याद छ । म तिमीलाई हेर्दा धेरै नै नर्भस भएको थिँए । मैले तिमीलाई हेर्दा तिमी कत्तिसारो मस्केकी थियौं । तर, म त ल्यालकलुलुक पो भएँ । खासमा तिमी जतिको राम्री केटी नै मैले मेरो जीवनमा फस्र्ट टाइम देखेको जो थिँए । त्यहीनै म नर्भस हुने प्रमुख कारण जस्तो आज लाग्छ ।

हेर न आज मैले तिमीलाई आफ्नो बनाएको पनि ९ बर्ष भइसकेछ । ह्याप्पी एनिभरसरी माया , आई लभ यू । मलाई आजको दिनसम्म साथ दिएकोमा, अझभन्दा मलाई यत्ति धेरै माया गरेकोमा, म सम्झिन्छु माया अझैपनि त्यही तिमीलाई देखेको पहिलो दिन , अनि आज आफै औंधी रमाउछु ।

साच्चै माया पहिलो भेटमै हामीले एकअर्कालाई मनपरायौं । राम्ररी बोल्यौं । एकअर्काको फोन नम्वर साटासाट गर्यौ । खै भन्छन् नी एकअर्काको हुन विद्याताले नै मन्जुरी दिनु पर्छ । सायद हाम्रो केशमा पनि यही कुरा संभव भएको होला । अनि माया साच्चै शुरमा भेट्दा त्यो दिन तिमीले मलाई ओई केटा पो भनेर बोलाको याद आउँछ । मलाई पनि त्यो पलले आज आफैलाई सम्झिदै हासोको खित्का छुट्छ ।

हेर न हेर्दा हेर्दे ९ बर्ष वितिसकेछ । यो ९ बर्षमा एकदिन पनि तिमी र म अलग भएको कुनै एकदिन छैन । दिनभरि जहाँ गएपनि साँझपरेपछि हामी सँगै हुन्छौ । यही त अरुभन्दा खासियत छ, हाम्रो मायामा माया होइन । हामी कति भाग्यमानी छौं । हाम्रो दुई नानीहरु पनि अव त ठूला भएँ । एक छोरा र एक छोरी हामी दुवैले चित्ताएको नै पुग्यो ।

भगवानकाे कृपाले हामीसँग पुग्ने सवथोक छ । आगामी दिनमा हामीले एकअर्कालाई यसरी नै साँचो माया गर्दे जाने हो भने साँचो माया गर्नेलाई भगवानले पनि दुःख कहिल्यै दिदैनन् । हामीमा एकअर्कामा रहेको विश्वास अटल छ । हो माया हामी छौं नै दुवै मायालाग्दो, सवैले हाम्रो बारेमा भन्दा यस्तै नै भन्छन् ।

हामीमा पनि झगडा हुन्छ । तर, एकजना आगो हुदाँ अर्को पानी भइदिन्छौ । आखिर यसरी नै त जीवन सफल हुदो रहेछ । म सोच्छु अनि तिमी पनि म जस्तै नै सोच्छौ होला । हामीमा केहीकुरा लुक्दैन है । दिनभरी वितेका अनि कसले के भने हामी राती सुत्ने वेलामा एकअर्कालाई सविस्तार सवै हास्दै सुनाउँछौ । एकअर्काप्रति हाम्रो फिलिङस बेजोड छ ।

जीवनमा इज्जत एकअर्काको गर्न जान्नेले मात्र मायाको सही मात्रामा भावना बुझ्दछ । माया छ नै अपरम्पार । मायामा भगवानकाे वास हुन्छ । साँचो मायाले शरीरमा उर्जा दिन्छ । बदलामा यसले साँचो माया नै माग्छ । माया यसरी नै मलाई लाइफटाइम माया गरिरहनु ल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]