२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराट सामुदायिक भवनको अध्यक्षमा राधेश्याम कट्टेल

Logo

प्रदीप भुजेल
विराटनगर, फागुन १४
विराटनगरमा, विराट सामुदायिक भवनको अध्यक्षमा राधेश्याम कट्टेल निर्वाचित भएका छन् । शुक्रवार विराटनगरमा सम्पन्न भएको विराट सामुदायिक भवनको ८ औं साधारणसभाबाट कट्टेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष कट्टेलले २४४ मत ल्याइ विजयी भएँ । उनका निकटतम प्रतिद्दन्दी मन्जु श्रेष्ठ बस्नेतको १७१ मत आएको हो ।

विराटनगर–१२ बखरीमा अवस्थित सो भवनको उपाध्यक्षमा गणेश प्रसाद निरौला , सचिवमा ज्ञानेन्द्र खड्का, सह–सचिवमा संजय ठाकुर र कोषाध्यषमा विष्णु प्रसाद भट्टराई विजयी भएका छन् ।

यस्तैगरी सदस्यहरुमा रमिला कोईराला, प्रदीप भुजेल, लोचन सहनी, अम्विका खरेल, रुद्र प्रसाद कोइराला, मनमोहन थापा विजयी भएका छन् । उक्त भवनको आजीवन सदस्य ४३९ जना रहेका छन् । यसमध्ये मत ४३६ खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]