३० आश्विन २०८३, शुक्रबार
16-10-2026 , Fri
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा महिला दौंड

Logo

निरज बस्नेत
विराटनगर, फागुन २४
मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा महिला दौंड प्रतियोगिता सम्पन्न भएको छ । सो कुराको जानकारी फाउण्डेसनका प्रेसिडेन्ट चाँदवावु इराकीले गराएका छन् ।

इराकीका अनुसार अन्तराष्ट्रिय नारी दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको हो । विराटनगरमा रहेर इराकीले यस्ता थुप्रै उपलब्धिमूलक कार्यक्रम आयोजना गर्दे आइरहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका थिँए । मेयर कोइरालाले कार्यक्रमलाई सम्वोधन गर्दे, नारीलाई ३३ प्रतिशत अधिकारमा मात्र सिमित राख्नु नै गलत भएको भन्दै आगामी दिनमा महिला स्वंयम्ले आफ्नो हक अधिकारका लागि अग्रसर हुनुपर्ने बताएँ ।

त्यस्तैगरी कार्यक्रमको सभापतित्व आयोजक संस्था मातृभुमि फउण्डेसनका प्रसिडेन्ट इराकीले गरेका थिँए । कार्यक्रका सम्वन्धमा उनले प्रष्ट पारेका थिँए ।

कार्यक्रममा समाजका अन्य गन्यमान्य महानुभावहरुको राम्रै उपस्थिती रहेको थियो । यस लेडी रोड रन प्रतियोगितामा दर्जनौं महिलाहरुको सहभागिता रह्यो ।

कार्यक्रममा प्रथम, द्दितीय, तृतीय, चौथो हुनेलाई नगद पुरस्कार सहितको सम्मान गरियो । सहभागी अन्य सवैलाई स–सम्मान सर्टिफिकेट प्रदान समेत गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]