१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विभिन्न समाजिक कार्य गरी लियाे युथ क्याम्प सम्पन्न

Logo

विराटनगर फागुन २९
हरेक वर्ष झैं यस वर्ष पनि लियो जिल्ला ३२५ सि ले युथ क्याम्पको आयोजना गरेको छ। क्याम्पको उद्घाटन साेमबार धरान स्थित बिजयपुर क्लब हाउसमा जिल्ला गभर्नर लायन धिरज गुरुङको प्रमुख उपस्थितिमा भएकाे थियाे ।

पहिलो दिन सहभागि सम्पुर्ण लियो सदस्यहरुलाई नाम्जे स्थित ११३ वटा चिहानका ढुङ्गाले बनाइएको आत्माघर, सङ्घ्रालय, बौद्ध गुम्बा संगै नेपाल टेलिभिजनको टावर भएको भ्यु प्वाइन्ट लगायत को अवलोकन गराइएको लियो जिल्ला अध्यक्ष सिद्धार्थ शाहले जानकारी दिए ।

उक्त क्याम्प सागुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित थुम्की सामुदायिक होम स्टेमा रहेर विभिन्न कार्यक्रमहरुको आयोजना गरि सप्पन्न भयाे । साेहि दिन क्याप फायर , नाचगान साथमा पाहुना सत्कारका लागि मगर जातिको बसोबास रहेको त्यस स्थानमा होम्स्टेको तर्फबाट मगर जातिहरुको सांस्कृतिक नाच हुर्‍रा प्रस्तुत गरिएको थियो।

त्यसैगरी दोश्रोदिन पनि लियो ट्रेजर हण्ट, लियो ट्यालेण्ट हण्ट प्रस्तुत त्यसैगरी नगर प्रमुखको प्रमुख आतिथ्यमा ग्रामीण जनता माबिका बिद्यार्थिलाई खेलकुद साथै स्टेसनरीका सामाग्रीहरु बितरण , युथ अवेरनेस कार्यक्रम, लियो क्लब अफ धरान बुढासुब्बाकी प्रेसिडेन्ट लियो मनिसा बिश्वकर्मा द्वारा विद्यार्थीहरुलाई सेल्फ डिफेन्स तालिम , थुम्कीका स्थानीयबासिहरुका लागि दन्त शिविर र आँखा शिविरको पनि आफुहरुले आयोजना गरिएकाे क्याम्पका संयाेजक मनिल दहालले जानकारी दिए। आफुहरुले यस क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि समेत सहयोग पुर्याउने उद्देश्यका साथ होम स्टे जाने बाटोमा स्वागत बोर्ड समेत राखेको क्याम्प सचिव लियो प्रेसिका निरौलाले जानकारी दिइन् ।

कार्यक्रमको समापन सत्र भने नाम्जे होम स्टेको सामुदायिक भवनमा गरिएको थियो जसमा विभिन्न लायन्स प्रतिनिधिहरु साथमा लियो क्लब चेयरमेन लियो लायन चांदबाबु इराकीको समेत उपस्थित रहेको थियो। कार्यक्रममा इराकीले सम्पुर्ण सहभागीहरुलाई सर्टिफिकेट तथा मायाको चिनो समेत प्रदान गरे। त्यसैगरी सम्पु लियोहरुका अभिभावकका रूपमा रहेका इराकीले विभिन्न विधाहरुमा बिजयी हुने सहभागीहरुलाई विभिन्न उपाधीहरुमा पुरस्कार प्रधान गरेकाे लियो जिल्ला उपाध्यक्ष लियो नवराज सिंह खड्काले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]