१७ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

घिनाघाटको पूल भत्काउँदा जनतालाई पर्यो हैरानी

Logo

निरज बस्नेत
विराटनगर, फागुन ३०
विराटनगर, बुढीगंगा, ग्रामथान जोड्ने सिमानाको घिनाघाट पूलले यत्तिवेला यस भेगका जनतालाई प्रत्यक्ष असर परेको छ । ठेकेदार लामा बानियाँ जे भी कन्स्ट्रक्सनले ठेक्का पाई बनाएको यो पूल म्याद ग्रुजिसके पछाडी भत्काइएको छ ।

आवागमन दुइतर्फी नै बन्द गरिएको छ । यसवाट विराटनगर हुदै विराटचोकसम्म पुग्ने बाटो बन्द भएको छ । यो बाटो छोटो राम्रो मानिएको मार्ग हो ।

बुढीगंगा, विराटनगरबाट, विराटचोक हुदै पूर्वलाई जोड्ने यो बाटोले धेरैलाई सहज मात्र बनाएको थिँएन, मूलतः यहीबाट कम्तीमा २०० घरपरिवारलाई पिउने पानी समेत उपलब्ध हुदै आइरहेको थिँयो ।

यसरी सरसर्ती हेर्दा पानी समेत पिउनबाट जनता वन्चित हुनुपरेको छ । सम्वन्धित निकायको गम्भिर ध्यानाकार्षण बेलैमा नहुदाँ आम सर्वसाधारण प्रत्यक्ष रुपमा मारमा परेका छन् ।

गल्ती गर्ने ठेकेदार कम्पनीलाई अविलम्व कारर्वाहीको दायरामा ल्याउनुपर्यो । अझ गम्भिर कुरो मिलेमतो गरी दामासाहीका हिसावले बाँडीचुडी खाने सवै जो जो छन् कार्वाही हुनैपर्यो । अन्तमाः यो घिनाघाटको पूल यथाशीघ्र निर्माण गरी सूचारु गरिनैपर्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]