०८ आषाढ २०८३, सोमबार
22-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

घिनाघाटको पूल भत्काउँदा जनतालाई पर्यो हैरानी

Logo

निरज बस्नेत
विराटनगर, फागुन ३०
विराटनगर, बुढीगंगा, ग्रामथान जोड्ने सिमानाको घिनाघाट पूलले यत्तिवेला यस भेगका जनतालाई प्रत्यक्ष असर परेको छ । ठेकेदार लामा बानियाँ जे भी कन्स्ट्रक्सनले ठेक्का पाई बनाएको यो पूल म्याद ग्रुजिसके पछाडी भत्काइएको छ ।

आवागमन दुइतर्फी नै बन्द गरिएको छ । यसवाट विराटनगर हुदै विराटचोकसम्म पुग्ने बाटो बन्द भएको छ । यो बाटो छोटो राम्रो मानिएको मार्ग हो ।

बुढीगंगा, विराटनगरबाट, विराटचोक हुदै पूर्वलाई जोड्ने यो बाटोले धेरैलाई सहज मात्र बनाएको थिँएन, मूलतः यहीबाट कम्तीमा २०० घरपरिवारलाई पिउने पानी समेत उपलब्ध हुदै आइरहेको थिँयो ।

यसरी सरसर्ती हेर्दा पानी समेत पिउनबाट जनता वन्चित हुनुपरेको छ । सम्वन्धित निकायको गम्भिर ध्यानाकार्षण बेलैमा नहुदाँ आम सर्वसाधारण प्रत्यक्ष रुपमा मारमा परेका छन् ।

गल्ती गर्ने ठेकेदार कम्पनीलाई अविलम्व कारर्वाहीको दायरामा ल्याउनुपर्यो । अझ गम्भिर कुरो मिलेमतो गरी दामासाहीका हिसावले बाँडीचुडी खाने सवै जो जो छन् कार्वाही हुनैपर्यो । अन्तमाः यो घिनाघाटको पूल यथाशीघ्र निर्माण गरी सूचारु गरिनैपर्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]