१५ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरको पोखरीया विद्यालयमा अभिमुखिकरण तथा विदाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित बिहिबार, चैत्र १६, २०७९

निरज बस्नेत
विराटनगर, चैत्र १६
विराटनगरको प्रतिष्ठित श्री पोखरीया माध्यमिक विद्यालयमा विहीवार अभिमुखिकरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा–१२ का ३६२ विद्यार्थीलाई स–सम्मान विदाई कार्यक्रम राखिएको कुरा उक्त विद्यालयका प्रिन्सिपल खेमराज भट्टराईले जानकारी गराएका छन् ।

विद्यालय प्रांगण पोखरीयामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ मोरङका टंकप्रसाद गौतम रहेका थिँए । गौतमले पोखरीया विद्यालय सामुदायिक विद्यालयतर्फ नै अव्वल रहेको र विराटनगरको शैक्षिक हवको रुपमा विकसित हुदै गएको प्रति खुशि व्यक्त गरे ।

अतिथिहरुमा, नोवेल अस्पताल विराटनगरका निर्देशक डा. राजेश नेपाल, पूर्वान्चल विश्वविद्यालयका पूर्व क्याम्पस प्रमुख तीर्थ सापकोटा, एनआईसी एसिया बैंक विराटनगरका शाखा प्रमुख अंकित रेग्मी लगायत रहेका थिँए ।

अतिथि नेपालले कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा मेडिसिन विषय इच्छाशक्ति भए हरकोही विद्यार्थीले पढ्न सक्ने र डाक्टर समेत हुने बताए ।

अतिथि सापकोटाले मध्यम वर्गले पनि प्राविधिक शिक्षा पढ्न चाँहदा इन्जिनियर विषय ठिक हुने धारणा राखे ।

त्यस्तैगरी अतिथिमध्येका अर्का रेग्मीले सवैभन्दा राम्रो विषय व्यवस्थापन भएको भन्दै व्यवस्थापनले मात्र हरेक संघसंस्था मध्यम वर्गको लागि उत्तम हुने बताए ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद गौतमले गरेका थिँए ।

विद्यार्थीका तर्फबाट कक्षा–११ की छात्रा पूर्णिमा साहले आफ्नो भनाई राखिन् । उक्त भनाईमा साहले भविष्यमा योग्य नागरिक भई देशकै लागि केही गर्ने बताइन् ।

स्वागत् भाषण विद्यालयका प्रिन्सिपल खेमराज भट्टराइले गरेका थिँए । प्रिन्सिपल भट्टराई वि.सं. २०६९ सालदेखी प्रिन्सिपलको रुपमा कार्यरत छन् । वि.स. २०५३ देखी पोखरीया विद्यालयमा कार्य प्रारम्भ भट्टाराईले गरेका हुन् । वि.स. २०७० सालदेखी अंग्रेजी माध्यमबाट पढाई शुरु हुन थालेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]