२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

विराटनगरमा अहिंसाका लागि म्याराथन दौंड

Logo

निरज बस्नेत
विराटनगर, चैत्र १७
विराटनगरमा शनिवार (भोली) अहिंसाका लागि म्याराथन दौंड हुने भएको छ । सो कुराको जानकारी जीतो लेडिज विंग विराटनगरकी अध्यक्ष सन्तोष जैनले दिएकी छिन् ।

अध्यक्ष जैनका अनुसार स्थानीय जैन भवनबाट उक्त दौंड शुरु हुनेछ । विराटनगरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जैनले सो को वारेमा बताइन् ।

दौंडमा महिला–पुरुष गरेर ४५० को सहभागिता रहनेछ । यो ऐतिहासिक म्याराथान दौंड विराटनगरमा मात्र नभएर विश्वभरका २३ मुलुकका ५५ शहरमा एकसाथ आयोजना हुदैछ ।

विराटनगरको दौंडमा सहभागीले ३, ५ र १० किमीको दूरी तय गर्नुपर्ने हुन्छ । प्रतियोगिताको १० किमी दौंडमा प्रथम हुने महिला–पुरुषलाई २१ हजार क्यास प्राइज छ । ५ किमीमा प्रथम हुने महिला–पुरुषलाई ११ हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तैगरी ३ किमीको दूरी तय गर्नेलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । एकैसाथ शुरु हुने दौंडमा लामो दूरी १० किमीमा ४५ जना, ५ किमीमा १६५ जना तथा ३ किमी दौंडका लागि २३० जनाको नाम रजिष्टर गरेको कुरा आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, २९ असोज। सरकारले शिक्षकहरूको सरुवा सम्बन्धी व्यवस्थामा फेरबदल गर्ने तयारी गरेको छ। स्थायी नियुक्ति पाएको एक वर्ष पूरा गरेका शिक्षकले अब सरुवाका लागि आवेदन दिन पाउने गरी शिक्षा नियमावली संशोधन गर्न लागिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन अघि बढाउँदै सरुवाका लागि चाहिने सेवा अवधि छोट्याउने प्रस्ताव गरेको छ। हाल नियमावलीको […]

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]