१६ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
Gold Silver Price (11 shrawan 2082, Sun)
Fine Gold 1 Tola NRs. 194100
Silver 1 Tola Nrs. 2305

चैत २० सुनसरीमा पुर्वराजाकाे नागरिक अभिनन्दन

Logo
प्रकाशित आइतबार, चैत्र १९, २०७९

मोरङ ,  चैत २०

पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिन लागेको नागरिक अभिनन्दनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । चैत २० गते सोमबार राजालाई सुनसरीको इनरुवामा भव्य तयारीका साथ अभिनन्दन गरिदै छ ।

शाहले कार्यक्रममा सहभागी हुने बचन दिए पछि पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट  कार्यक्रम तय गरिएको नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालले जानकारी दिए ।

पूर्व क्षेत्रमा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा नागरिक समाजबाट उठे संगै स्वस्फुर्तरुपमा कार्यक्रम हुन लागेको हो । अहिले पूर्वराजा शाह झापामा छन् । उनी प्राय पूर्व आउदा झापामा रहने र सुभेच्छुकहरु संग भेटघाट गर्ने गर्दछन् ।

इनरुवाको खेल मैदानमा हुने कार्यक्रममा झण्डै ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाई छ । जनचाहना बमोजिम कार्यक्रम तय भएकाले भव्य र सफल रहने दाहालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१३ साउन । विराटनगरकी सृजा पोखरेल् एनआरएनए अस्ट्रेलिया स्थित तास्मानिया नारी निकुञ्जको महिला संयोजकमा विजयी भएकी छन् । तास्मानियामा बसोबास गर्ने नेपाली महिलाहरूको आवाज र सशक्तिकरणको अभियानलाई संस्थागत बनाउँन भन्दै उम्मेदवारी दिएकी पोखरेल विजयी बन्न सफल भएकी हुन्। नेपालबाट २०१८ मा तास्मानिया पुगेकी पोखरेल विगत ६ वर्षदेखि नेपाली समुदायको सेवा र पहिचानको संरक्षणमा निरन्तर सक्रिय […]

विराटनगर, ११ साउन ।  कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सञ्चालन गरेको विशेष अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। असार मसान्तसम्म प्रदेशका सबै जिल्लाहरूबाट जम्मा ३,५१३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लागत विवरणअनुसार मोरङबाट १,१५६ जना, सुनसरीबाट १,००२ जना, झापाबाट ५३४ जना, उदयपुरबाट २६० जना, इलामबाट १४६ जना, ओखलढुंगाबाट […]

सोलुखुम्बु, साउन ६। थुलुङ दुधकोशी गाउँपालिका–२ का वडाध्यक्ष युजन बस्नेतले खुट्टा भाँचिएर घरमै थला परेकी एक दलित महिलाको आफैं मोटरसाइकलमा राखेर उद्धार गरेका छन्। करीव ४२ वर्षीय कुमारी नेपालीलाई दुई दिनअघि काम गर्ने क्रममा लडेर खुट्टा भाँचिएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगराई दुई-तीन दिनदेखि घरमै बसिरहेको स्थानीयले जानकारी गराएपछि मंगलवार वडाध्यक्ष बस्नेत […]