१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

धनकुटामा १४० ज्येष्ठ नागरिक सम्मानीत

Logo

धनकुटा, चैत २० 

नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको हो ।

महालक्ष्मी नगरपालिका वडा नं.१ र वडा नं.२ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मान गरिएको छ । त्यस्तै, वडा नं.८ र वडा नं.९ का ३५÷३५ जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मान गरिएको छ । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

समाजमा योगदान गर्ने महालक्ष्मी नगर क्षेत्रका करिब ३ सय ज्येष्ठ नागरिकलाई सम्मान गरिने एमाले नेता एवं महालक्ष्मी नगरपालिकाका पूर्व नगर प्रमुख पर्शुराम नेपालले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिरहेका छौं,’ नेता नेपालले भने, ‘हरेक वडाका करिब ३५ जनाका दरले नगर भरका ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गछौं ।’

ज्येष्ठ नागरिकहरुलाई एमाले नेताहरुले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गर्ने गरेका छन् । एमालेले फागुन ५ गतेबाट देशभर सुरु गरेको मिसन ग्रासरुट अभियान बैशाख ५ गतेसम्म सञ्चालन हुदैछ । पार्टी सुदृढिकरण तथा विस्तारका लागि टोल, वडा र पालिका केन्द्रित अभियान सञ्चालन भइरहेको एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुलीले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]