१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

“लोभयाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ” : पुर्व राजा

Logo

चित्र उल्थाकारस् निरज बस्नेत, चैत २०
पुर्व राजाले सुनसरीको इनरुवामा गरेको सम्बोधन जस्ताको तस्तै  :

उपस्थित दिदिबहिनी तथा दाजुभाइहरु ,
सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईंहरुले रास्ट्रको हित चिन्तन गर्दै र आजका जनआकान्शा तथा आवश्यकताहरुलाइ औलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नुभएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्बदा स्वधिन रहेको र आफ्नै मौलिक मान्यता भित्र स्वाभिमानपुर्बक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई धेरै राम्रो लाग्छ । रास्ट्रको यहि गौरव गाथा र रास्ट्रप्रतिको त्यही अघात प्रेम फेरि एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरुले दर्साउनुभएको यस्तो देशभक्ती हामीले ह्दय देखि सम्मान गर्छौ । आफ्नो देशलाई माया गरेर आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरु बाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ । त्यसमा मेरो गहिरो ध्यान पुगेको छ ।

स्थिरता र स्थायित्व सहित राज्य पद्धति शान्ति एवं अनुसासन बिना हुन सक्दैन । कसैलाई धन , कसैलाई मन , कसैलाई पद र कसैलाई कद दिएर लोभयाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कुरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिदैन । निस्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नु छ । निस्चय पनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान अखण्डता तथा सार्भौमिक स्वतन्त्रता जोगाउनु छ र निस्चय पनि हामीले शान्ति सुब्यब्यवस्था र सुशासनका माध्यम बाट चौतर्फी बिकासको बाटो लाग्नु छ ।

रास्ट्र नै हाम्रो आफ्नो ब्रह् हो । आफ्ना भु भागका जनता नै हाम्रा विद्याता हुन् । अनि यहि प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अह धर्म हो । त्यसैले ब्यक्ती , परिवार , समूह , दल वा गुट उपगुटमा अल्झेर होईन अब हामिले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्द्छ । तपाईंहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृस्ठिकोण जाग्रत हुँदै जाओस् ।
धन्यवाद ।
जय नेपाल ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]

स्याङ्जा, १२ असोज । कालीगण्डकी नदीको बहाव घटेसँगै बेल्टारीस्थित १४४ मेगावाटको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजैदेखि उत्पादन पुनः सुरु गर्ने भएको छ । चार दिनको लगातार वर्षाले नदीमा बाढी आएपछि आयोजना बन्द गरिएको थियो । केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार सुरुङभित्रको हिलो सफा गरेर र पावर हाउसको अवस्था जाँचेर उत्पादन थालिनेछ । प्राविधिक टोलीले निरीक्षण […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]