०७ फाल्गुण २०८१, बुधबार
19-02-2025 , Wed
Gold Silver Price (7 Fagun 2081, WED)
Fine Gold 1 Tola NRs. 171000
Silver 1 Tola Nrs. 2000

पूर्व राजालाई नागरिक अभिनन्दन

Logo
प्रकाशित मंगलबार, चैत्र २१, २०७९

निरज बस्नेत
इनरुवा, सुनसरी, चैत्र २१
लोभ , लालच देखाएर मुलुकको विकास कदापि हुदैन भन्ने जोडदार सन्देश दिदै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनतामाझ गहिरो सन्देश छोड्दै नेपालका नेताहरुलाई खवरदारी गराएका छन् ।
सुनसरीको इनरुवामा विशाल जनसहभागिताका बीचमा पुर्व राजालाई सोमवार नागरिक अभिनन्दन गरिएको छ । यसक्रममा आफ्नो ओजनपूर्ण धारणा जनतामाझ राख्ने क्रममा उनले देशको विग्रको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे ।
आम जनतामा सरकारप्रति बढेको वितृष्णालाई नजरअन्दाज गर्न नसकिने औंल्याउँदै आफूले यसलाई सूष्म विश्लेषण गरिरहेको बताएका छन् । पछिल्ला घटनाक्रमका बारेमा आफू जानकार रहेको उनको सम्वोधनले बताएको पाइयो ।
राष्ट्र र राष्ट्रियताप्रतिको जनताको चासो तथा चिन्ता सर्वत्र फैलिएर जाओस्, यो चिन्ता पनि उनमा रहेको उनले अभिव्यक्त गरेको सम्वोधनको सारले बताएकै थियो । आफ्ना समर्थकहरुको ठूलो संख्यामा उपस्थितीका बीचमा पूर्व राजाले इनरुवामा सवैको मन छुने अभिव्यक्ति दिएँ ।
जम्मा ६ मिनेटको समय वक्तव्यमा खर्चिएका भएतापनि ,उनले स्थिरता र स्थायित्व, सही राज्यको, सही राज्य पद्दती, शान्ति र अनुशासन विना सम्भव नहुने बताएँ । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भैरहेको बताएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,७ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरुलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर […]

विराटनगर ,६ फाल्गुन ।  कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो […]

विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]