०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
Gold Silver Price (3 Magh 2081, Thursday)
Fine Gold 1 Tola NRs. 156600
Silver 1 Tola Nrs. 1880

धनकुटा बजारमा विद्युतको नाङ्गो तार हटाइँदै

Logo
प्रकाशित मंगलबार, चैत्र २१, २०७९

धनकुटा, चैत २१

धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो ।

पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भइरहेको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभावी नछुन उनको सुझाव छ । धनकुटा नगरपालिकाको कार्यालय, ७ नं. वडा कार्यालय र विद्युत प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भइरहेको छ । सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरिरहेका छन् ।

अब, विद्युत प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरु हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउँछन् । ‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ, बजार क्षेत्रमा हेर्दा पनि धेरैवटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको एबीसी तार लगाउँन थालिएको हो,’ नगर प्रमुख तामाङ भन्छन्, ‘पहिलो चरणमा हुलाकटोल क्षेत्रमा तार फेरिँदैछ, अब विद्युत प्राधिकरणसँग समन्वय गरेर क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाउँछौं ।’

सुरक्षित र हेर्दा पनि राम्रो देखिने हुनाले बजार क्षेत्रमा एबीसी केवल नै उपयुक्त देखिएको धनकुटा नगरपालिका–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ बताउँछन् । यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर एबीसी केवल लगाइएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,३ माघ ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को समय तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्याश्रमतर्फ(अनिवार्य […]

विराटनगर,२ माघ । विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो २५ मा विराट बजार विटुवि पेभिलियन औधोगिक र व्यवसायीक विकास तथा व्यवसायीक सहकार्यलागि महत्वपूर्ण हुने छ । यो पेभिलियनमा सबै प्रकारका व्यवसायीहरुले अर्को सम्बन्धीत व्यवसायसँगको व्यवसायीक सहकार्यकालागीे भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्नेछन । यो पेभिलियनमा औद्योगिक विकासका लागी व्यवसायीक विकासका सेवाहरुको […]

विराटनगर,१ माघ ।   प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट […]