विराटनगर, चैत २३
विराटनगर महानगरपालिकाले पार्किङकाे उचित व्यवस्थापन नभएसम्म सडककाे एक साईडमा सावारी साधन पार्क गर्न दिने भएकाे छ । आज विराटनगरका व्यापारी र महानगरकाे पदाधिकारी विच भएकाे वार्तामा एक साईड पार्किङ गर्न दिने सहमति भएकाे हाे ।
महानगरपालिकाले केहि समय अघिबाट विराटनगर-बजारक्षेत्रकाे सडकमा पुर्ण रुपमा पार्किङ निषेध गरेकाे थियाे । साेही समयदेखि विराटनगरका व्यापारीहरु अन्दाेलनमा उत्रिएका थिए ।