१५ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

१३ औं राष्ट्रपति रनिङ शिल्ड सुरु

Logo
प्रकाशित बुधबार, चैत्र २९, २०७९

विरानगर, चैत २८
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि मोरङको बुढीगंगा गाउँपालिस्थित टंकीसिनवारीको जनप्रिय माविमा सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री आचार्यले बालबालिकाका लागि यस्तो मौसममा खेलकुद गर्न नहुने बताए । उनले बालबालिका अनुकूलको मौसम नभएको हुँदा आयोजकहरुले खेल तालिकालाई परिवर्त गर्नुपर्छ ।

चैत, वैशाखभन्दा अघि नै यस्तो खेलकुदका कार्यक्रम गरे लक्षित गरिएको बालबालिकालाई सहज हुने थियो । सरकार खेलकुदको विकासका लागि काम गर्दै आएको छ । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा संरचना बनाएर खेलको विकास गर्दै आएको छ ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रवण ऋषिदेवलगायतले शुभकामना व्यक्त गरेका थिए ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ चैत ३० गतेसम्म हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । जिल्लाको १४ पालिकाबाट १ हजार जना खेलाडीको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]