१३ माघ २०८२, सोमबार
26-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खोटाङको केपिलासगढीका अति विपन्न विरामीहरुलाई सांसद शर्माले मिलाइदिए एक बर्षसम्म निःशुल्क उपचारको व्यवस्था

Logo

खोटाङ,वैशाख ४

प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र विपन्न विरामीलाई विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइदिएका हुन् ।

यो बिषयमा केएमसी र केपिलासगढी गाउँपालिकाबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा केएमसीका तर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नारायण दाहाल तथा केपीलासगढी गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीले हस्ताक्षर गरेका छन् । केपिलासगढीका अति विपन्न विरामीलाई केएमसीमा १०० प्रतिशत सम्म छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ । त्यस्तै, गाउँपालिकाले सिफारिस गरेर पठाएका विपन्न विरामीले पनि सहुलियत दरमा उपचार पाउँनेछन् ।

ओपीडीमा आएका विपन्न विरामीले २५ प्रतिशत छुट पाउँनेछन् । भर्ना भई उपचार गराउँनु पर्ने अवस्थाका विरामीलाई केएमसीले ५० प्रतिशत छुट दिनेछ । सम्झौता अनुसार एमआरआई, सीटीस्क्यान, शल्यक्रिया लगायत सबै किसिमको उपचारमा विरामीले छुट पाउँनेछन् । न्यून आय भएका र उपचार गराउँन नसकिरहेका विपन्न विरामीलाई उपचारमा सहजता प्रदान गर्न छुटको व्यवस्था गरिएको डा.शर्माले बताए । ‘खोटाङको दुर्गम क्षेत्र केपिलासगढीका विरामीहरुलाई उपचारमा सहयोग गर्न आगामी एक बर्ष सम्मका लागि सम्झौता गरिएको छ, त्यसपछि पनि सम्झौता थप हुन सक्छ,’ डा.शर्माले भने ।

यसैबीच, केपिलासगढी गाउँपालिका र केएमसीको सहकार्यमा गाउँपालिकाको केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सोमबार केपिलासगढीका १ हजार ३ सय ५६ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका महाप्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १२५ जनाको भिडियो एक्सरे, १४२ जनाको रक्त परीक्षण र ८९ जनाको इसीजी गरिएको छ । केपिलासगढीको शिविर सकिएपछि बुधबार रावावेसीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने केएमसीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]