२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०

विराटनगर, बैशाख ८ 

इलाका प्रहरी कार्यालय किमाथाङ्का संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक जनक बहादुर धानुक र अस्थायी प्रहरी चौकी दिङबोचे, सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार लुलिन्द्र कुमार तिमल्सिना चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषित भएका छन् ।

विभागीय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउने प्रहरी सहायक निरीक्षक धानुकले संखुवासभाको भोटखोला(१ किमाथाङ्का स्थित निषेधित क्षेत्रमा दुई जना चिनिया नागरिक प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको र प्रहरी हवल्दार तिमल्सिनाले हिमपातमा हराई बेपत्ता भएका जापानिज नागरिकको खोजतालासको क्रममा ५ हजार १ सय मिटर उचाईमा रहेको पासाङल्हामु(४ खुम्बिलापास स्थितमा मृत अवस्थामा फेला पारी उद्वार गरी जोखिमपुर्ण उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” ९द्यभ्क्त् एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्० घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]