०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अबको दलित आन्दोलन हक अधिकार स्थापित गराउनका लागि

Logo
प्रकाशित शनिबार, बैशाख ०९, २०८०

विराटनगर,  बैसाख ९ 

संबिधान र कानुनमा प्राप्त भएको हक अधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले जोड दिएका छन ।
नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हक अधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नुपर्नेमा जोड दिएका हुन् ।

मोरङको विराट चौकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसकेपछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्त नगरि प्राप्त भएका हक अधिकार भोग गर्नका लागि संबिधान र कानुनहरु कार्यान्व्यन गराउन लागिपर्नुपर्नेमा जोड दिए । सहसंयोजक तेजबहादुरले भने र्, विभेद र उत्पिडनको जगमा भएको जनयुद्ध र जनआन्दोलनबाट समान अधिकार प्राप्त गरिसकेका छौ तर हामी अझै निमुखा बनिरहँदा व्यावहारमा हकभोग गर्न पाइरहेका छैनौ । यसैले अबको दलित आन्दोलनलाई हामीले प्राप्त हक अधिकार स्थापित गराउनका लागि गर्नुपर्छ ।’,

दलित मुक्त्ति मोर्चा कोसी प्रदेश ईन्र्चाज अनिता परियारले दलितहरुको संघर्षकै बलमा जातिय छुवाछुत पनि दण्डनिय अपराध बनिसकेको र विभेद विरुद्धको चेतना पनि निर्माण भैसकेको बताईन । उनले दलितको पक्षमा बनेका हक अधिकारहरु लिन नसकेमा फेरि पनि दलितहरुले विभेद र उत्पिडन भोगिरहन बाध्य भैरहनुपर्ने अवस्था सृजना हुने भन्दै समुदायलाई सचेत गराइन । उनले घरघरका चुल्हो चुल्होमा पुगेको विभेद विरुद्धको बिकृत अशिक्षा हटाउन अब दलितहरुले घरघरबाट प्राप्त हक अधिकार स्थापित गराउनका लागि दलित आन्दोलन उठाउनु पर्नेमा जोड दिइन । ईन्र्चाज अनिताले भनिन र्, हक अधिकार संबिधान र कानुनमा सुनिश्चत गराएर मात्रै हुदैन त्यसलाई हक भोग गर्न दाबेदारहरु आफैअग्रसर पनि हुनुपर्छ किनकी कसैको दया र मायाले अधिकार कार्यान्वयन हुदैन ।’,

नेकपा माओबादीका बैकल्पिक केन्द्रिय सदस्य अरुणा सुन्दासले संबिधान र कानुनले जातिय विभेद र छुवाछुतलाई दण्डनिय बनाएपनि अधिकार स्थापित नहुँदा व्यावहारमा अझै शिक्षितहरुले जातिय विभेद र छुवाछुत गरिरहन सफल भएको बताए । अझै सचेतहरुनै विभेद विरुद्धको आन्दोलनमा लागेका नायक राजेश हमालको फोटो जलाउनेदेखी पोष्टरै टाँसेर भोज आयोजना गर्ने अनि अन्र्तजातिय विभेद गर्नेहरुको हत्या गर्ने गरेका प्रशस्त उदाहरण देखापरिहेको सुन्दासले सुनाए । नेता सुन्दासले भर्ने हिजो मृत्युपत्रमा सही गरेर जनयुद्धमा होमिए जस्तै प्राप्त भएका हक अधिकार लिन दलितहरु अब जुरमुराउनु पर्छ ।’ माआबादी केन्द्र मोरंङ ईन्र्चाज कुशल लिम्बुले दलितहरुले बषौदेखीको अमानविय उत्पिडन विरुद्ध बन्दुक बोकेकै कारण जनयुद्ध सफल भएको र हक अधिकार प्राप्त हुनसकेको भन्दै अब व्यावहारमा लागु गराउन चुपचाप नबस्न दलितहरुलाई आग्रह गरे ।

माओबादी केन्द्र कोसी प्रदेश समितिका उपाध्यक्ष शिवकुमार डाँगीले आन्दोलन शिथिल भएमा आफनै त्याग र बलिदानबाट प्राप्त भएको हक अधिकार भोग गर्नबाट दलितहरु बंचित हुदैजाने र फेरि छुवाछुत र विभेद पुस्तौसम्म भोगिरहनुपर्ने अवस्था सृजना हुनसक्ने भएकोले दलितहरुले अधिकार स्थापित गराउने आन्दोलन थाल्न ढिलो गर्नुहुदैन भने । माओबादी केन्द्र मोरङका सचिव प्रकाश पौडेलले जनयुद्ध र जनआन्दोलनमा अग्रमोर्चामा रहेर रगत पसिना बनाए जस्तै प्राप्त हक अधिकार लिन दलितहरु जुुुर्मुराए मात्र न्यायको अनुभूति गर्न पाउने बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडौँ११ मंसिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री […]

काठमाडौं , १० मंसिर/ नेकपा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम अगाडि बढेको छ। मंसिर २७–२९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। […]