०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अबको दलित आन्दोलन हक अधिकार स्थापित गराउनका लागि

Logo

विराटनगर,  बैसाख ९ 

संबिधान र कानुनमा प्राप्त भएको हक अधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले जोड दिएका छन ।
नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हक अधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नुपर्नेमा जोड दिएका हुन् ।

मोरङको विराट चौकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसकेपछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्त नगरि प्राप्त भएका हक अधिकार भोग गर्नका लागि संबिधान र कानुनहरु कार्यान्व्यन गराउन लागिपर्नुपर्नेमा जोड दिए । सहसंयोजक तेजबहादुरले भने र्, विभेद र उत्पिडनको जगमा भएको जनयुद्ध र जनआन्दोलनबाट समान अधिकार प्राप्त गरिसकेका छौ तर हामी अझै निमुखा बनिरहँदा व्यावहारमा हकभोग गर्न पाइरहेका छैनौ । यसैले अबको दलित आन्दोलनलाई हामीले प्राप्त हक अधिकार स्थापित गराउनका लागि गर्नुपर्छ ।’,

दलित मुक्त्ति मोर्चा कोसी प्रदेश ईन्र्चाज अनिता परियारले दलितहरुको संघर्षकै बलमा जातिय छुवाछुत पनि दण्डनिय अपराध बनिसकेको र विभेद विरुद्धको चेतना पनि निर्माण भैसकेको बताईन । उनले दलितको पक्षमा बनेका हक अधिकारहरु लिन नसकेमा फेरि पनि दलितहरुले विभेद र उत्पिडन भोगिरहन बाध्य भैरहनुपर्ने अवस्था सृजना हुने भन्दै समुदायलाई सचेत गराइन । उनले घरघरका चुल्हो चुल्होमा पुगेको विभेद विरुद्धको बिकृत अशिक्षा हटाउन अब दलितहरुले घरघरबाट प्राप्त हक अधिकार स्थापित गराउनका लागि दलित आन्दोलन उठाउनु पर्नेमा जोड दिइन । ईन्र्चाज अनिताले भनिन र्, हक अधिकार संबिधान र कानुनमा सुनिश्चत गराएर मात्रै हुदैन त्यसलाई हक भोग गर्न दाबेदारहरु आफैअग्रसर पनि हुनुपर्छ किनकी कसैको दया र मायाले अधिकार कार्यान्वयन हुदैन ।’,

नेकपा माओबादीका बैकल्पिक केन्द्रिय सदस्य अरुणा सुन्दासले संबिधान र कानुनले जातिय विभेद र छुवाछुतलाई दण्डनिय बनाएपनि अधिकार स्थापित नहुँदा व्यावहारमा अझै शिक्षितहरुले जातिय विभेद र छुवाछुत गरिरहन सफल भएको बताए । अझै सचेतहरुनै विभेद विरुद्धको आन्दोलनमा लागेका नायक राजेश हमालको फोटो जलाउनेदेखी पोष्टरै टाँसेर भोज आयोजना गर्ने अनि अन्र्तजातिय विभेद गर्नेहरुको हत्या गर्ने गरेका प्रशस्त उदाहरण देखापरिहेको सुन्दासले सुनाए । नेता सुन्दासले भर्ने हिजो मृत्युपत्रमा सही गरेर जनयुद्धमा होमिए जस्तै प्राप्त भएका हक अधिकार लिन दलितहरु अब जुरमुराउनु पर्छ ।’ माआबादी केन्द्र मोरंङ ईन्र्चाज कुशल लिम्बुले दलितहरुले बषौदेखीको अमानविय उत्पिडन विरुद्ध बन्दुक बोकेकै कारण जनयुद्ध सफल भएको र हक अधिकार प्राप्त हुनसकेको भन्दै अब व्यावहारमा लागु गराउन चुपचाप नबस्न दलितहरुलाई आग्रह गरे ।

माओबादी केन्द्र कोसी प्रदेश समितिका उपाध्यक्ष शिवकुमार डाँगीले आन्दोलन शिथिल भएमा आफनै त्याग र बलिदानबाट प्राप्त भएको हक अधिकार भोग गर्नबाट दलितहरु बंचित हुदैजाने र फेरि छुवाछुत र विभेद पुस्तौसम्म भोगिरहनुपर्ने अवस्था सृजना हुनसक्ने भएकोले दलितहरुले अधिकार स्थापित गराउने आन्दोलन थाल्न ढिलो गर्नुहुदैन भने । माओबादी केन्द्र मोरङका सचिव प्रकाश पौडेलले जनयुद्ध र जनआन्दोलनमा अग्रमोर्चामा रहेर रगत पसिना बनाए जस्तै प्राप्त हक अधिकार लिन दलितहरु जुुुर्मुराए मात्र न्यायको अनुभूति गर्न पाउने बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]