१५ बैशाख २०८२, सोमबार
28-04-2025 , Mon
Gold Silver Price (10 BAI 2082, WED)
Fine Gold 1 Tola NRs. 190900
Silver 1 Tola Nrs. 1980

“कोशी” नाम विरुद्धको आन्दोलनको औचित्य छैन : एमाले अध्यक्ष ओली

Logo
प्रकाशित शुक्रबार, बैशाख १५, २०८०

इलाम, वैशाख १५
अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहिबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ नराख्ने बताए । अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शनमा आतंककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन्दोलनको कुनै औचित्य नहुने स्पष्ट पारे ।

प्रदेश सबैको साझा भएकाले प्रदेश सभाको दुई तिहाई मतले साझा नाम कोशी नामकरण गरेको भन्दै उनले अब नाम परिवर्तन गर्नुपर्ने भए जनताको मत जितेर दुई तिहाई पु¥याउन आन्दोलनकारीलाई सुुझाव दिए । ‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो, सबै दलले दुईतिहाईभन्दा बढी मतले पास गरेको हो,’ अध्यक्ष ओलीले भने, ‘नाम परिवर्तन गर्ने हो भने भोट जित्नुस्, दुई तिहाई ल्याउनुुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं ।’

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]