२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता

Logo
Janacharcha

विराटनगर,  बैशाख १६

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् ।

चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । निरन्तरको दौडधुपपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउँन सफल भएपछि सांसद शर्मा अहिले सुकुम्वासी समस्या समाधानमा केन्द्रित भएका हुन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहेका छन् ।

सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि उनले घचघचाउने काम गरिरहेका छन् । ‘यो क्षेत्रमा हजारौं परिवार सुकुम्वासी हुनुहुन्छ, मैले चुनावी अभियानका क्रममा उहाँहरुको समस्या समाधानमा सक्दो पहल गर्ने बचन पनि दिएको थिए,’ सांसद शर्मा भन्छन्, ‘सुकुम्वासीलाई प्रकृया पु¥याएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउँनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।’

सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँन अहिले कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम भइरहेको छ । शुक्रबार सांसद शर्मा कानेपोखरी–६ स्थित बिहिबारेमा पुगेर सुकुम्वासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचमा सामेल भए । राष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकावाट जग्गा नापजाँचमा खटिएका अमिन र सर्वेक्षकसँग भेट गरी उनले त्यहाँको अवस्थाको वारेमा जानकारी लिए । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई चाडै जग्गा धनीपूर्जा उपलब्ध गराउँने गरी लाग्न कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

मोरङको क्षेत्र नं. ३ मा हजारौं परिवार सुकुम्वासी छन् । कानेपोखरी र पथरीशनिश्चरेमा सुकुम्वासीको संख्या धेरै छ । सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् । जग्गा नापजाँचमा समन्वय र सहजिकरणका लागि कानेपोखरी गाउँपालिकामा ६ नं. वडाका वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति पनि बनाइएको छ । समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं. ६ का १६४ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई भोगचलन गर्दै आएको पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउँने गरिएको छ । अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा दिने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]