१५ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँन सांसद शर्माको सक्रियता

Logo
Janacharcha प्रकाशित शनिबार, बैशाख १६, २०८०

विराटनगर,  बैशाख १६

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् ।

चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र सुकुम्वासी समस्या समाधानमा काम गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका थिए । निरन्तरको दौडधुपपछि पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको स्वीकृति दिलाउँन सफल भएपछि सांसद शर्मा अहिले सुकुम्वासी समस्या समाधानमा केन्द्रित भएका हुन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यस्थित बसोवासीको समस्या समाधानका लागि उनले सदनमा पनि आवाज उठाइरहेका छन् ।

सुकुम्वासीलाई जग्गा उपलब्ध गराउँने काम छिटो गर्न स्थानीय सरकार, राष्ट्रिय भूमि आयोग र सदनमा पनि उनले घचघचाउने काम गरिरहेका छन् । ‘यो क्षेत्रमा हजारौं परिवार सुकुम्वासी हुनुहुन्छ, मैले चुनावी अभियानका क्रममा उहाँहरुको समस्या समाधानमा सक्दो पहल गर्ने बचन पनि दिएको थिए,’ सांसद शर्मा भन्छन्, ‘सुकुम्वासीलाई प्रकृया पु¥याएर जतिसक्दो छिटो जग्गा उपलब्ध गराउँनुपर्छ भनेर निरन्तर लागिरहेको छु ।’

सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँन अहिले कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम भइरहेको छ । शुक्रबार सांसद शर्मा कानेपोखरी–६ स्थित बिहिबारेमा पुगेर सुकुम्वासी परिवारले भोगचलन गर्दै आएको जग्गा नापजाँचमा सामेल भए । राष्ट्रिय भूमि आयोग र कानेपोखरी गाउँपालिकावाट जग्गा नापजाँचमा खटिएका अमिन र सर्वेक्षकसँग भेट गरी उनले त्यहाँको अवस्थाको वारेमा जानकारी लिए । जग्गा नापजाँचको काम जतिसक्दो छिटो सकेर सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई चाडै जग्गा धनीपूर्जा उपलब्ध गराउँने गरी लाग्न कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

मोरङको क्षेत्र नं. ३ मा हजारौं परिवार सुकुम्वासी छन् । कानेपोखरी र पथरीशनिश्चरेमा सुकुम्वासीको संख्या धेरै छ । सरकारले सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने प्रकृया थालेपछि कानेपोखरीका मात्रै ४ हजार ८ सय परिवारले जग्गा प्राप्तीका लागि फर्म भरेका छन् । जग्गा नापजाँचमा समन्वय र सहजिकरणका लागि कानेपोखरी गाउँपालिकामा ६ नं. वडाका वडाध्यक्ष खड्ग बस्नेतको संयोजकत्वमा तीन सदस्यीय सहजिकरण समिति पनि बनाइएको छ । समिति संयोजक बस्नेतका अनुसार यसअघि वडा नं. ६ का १६४ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिसकिएको छ ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई भोगचलन गर्दै आएको पाँच कट्ठासम्म जग्गा उपलब्ध गराउँने गरिएको छ । अव्यवस्थित बसोवासीलाई पनि न्यून मूल्यमा जग्गा दिने गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]