०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका डाक्टर सुजनको घरमा एक नर्स मृत भेटिइन् ..

Logo
निरज बस्नेत

निरज बस्नेत
विराटनगर, वैशाख १७

वीर हस्पिटल काठमाडौंमा कार्यरत एक स्टाफ नर्स डा. सुजन ढकालको घरमा मृत भेटिएकी छिन् । काठमाडौं बोहोराटारस्थित डा. सुजनको घरको एक कोठामा २९ बर्षकी नर्स अनुमापिया श्रेष्ठको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घर विराटनगरस्थित कोशी अस्पतालका डा. सुजनको भएको प्रहरीले बताएको छ ।

श्रेष्ठ शनिवार ४ बजे दिउँसो उक्त घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

यससम्वन्धमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ किन र कसरी ढकालको घरमा पुगिन् भन्ने अनुशन्धान हुदै छ, प्रहरी स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]