१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

राजाको वारेमा जथाभावी नवोल्न ओली र प्रचण्डलाई चेतावनी

राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली र प्रचण्डलाई औडाहा भएको आरोप
Logo
संवाददाता जनचर्चा

नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहाल

विराटनगर,बैशाख २१
नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न केपी ओली र प्रचण्डलाई चेतावनी दिएका छन् । बुधबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली र प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै रहेकाे र यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको भनाई थियो ।

केही दिन अगाडि ओली र प्रचण्डले राजाप्रति लंक्षित गर्दै गरेको भनाइ खण्डन गर्दै दाहालले डेढ दर्जन भन्दा वढि राष्ट्रमा राजतन्त्र छ ती देशका जनता महामुर्ख हुन् भनी प्रतिप्रश्न गरेका थिए। बरू ती राजा भएका देशहरु हेर्न लायक समृद्ध मुलुक भएका छन् । नेपाल निर्माण र शाहबंशका राजाहरुले गरेको इतिहास भुल्ने छुट कसैलाई नभएको भन्दै अहिलेका नेताहरुले आफना पुर्खामाथी गद्दारी गरिरहेको आरोप लगाए ।

दल र राजावीच भएको सहमति कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजान पनि उनले आग्रह गरे । देशप्रेमी र राष्ट्रवादीहरु एकठाउमा उभिएर हिड्ने समय आएको भन्दै दलका नेताहरुलाई नयाँ शिरावाट हिड्न र मार्ग प्रशस्त गर्न आग्रह गरे । जनताको नासो, जनतालाई फिर्ता गरेको र त्यसलाई पनि आत्मसाथ गर्दै अगाडि बढ्न सके देशमा शान्ति हुने बताए । दाहाल पूर्व क्षेत्रमा राजनैतिक विश्लेषक र राजावादी विद्वत नेता मानिन्छन् । उनले पटक(पटक दल र राजा मिलेर देशको समुन्नतीमा लाग्नुपर्नेमा जोड दिदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]