१५ जेठ २०८१, मंगलबार
28-05-2024 , Tue

नक्कली नोट सहित मानिस पक्राउ

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, बैशाख २२, २०८०

सुनसरी, बैशाख २२

सुनसरीको ईटहरी उप-महानगरपालिका १ आपगाछी स्थितमा लागेको सिरुवा मेलाबाट नक्कली नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ सवा सात बजेको समयमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।

घटना बारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १४ जेठ । निलम्बित न्यायाधीश भुवन गिरी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहमतिविना गिरीले जबरजस्ती करणी गरेको आरोप छ । गिरीकी श्रीमती आरती रावलले मुद्दा दायर गरेकी थिईन् । निलम्बनमा रहेका […]

काठमाडौँ ,१३ जेठ ।   मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो। टाउको गन्ती हिसाब गर्दा हरेक नेपालीको भागमा करिब ८० हजार रुपैयाँ […]

काठमान्डौंँ,१२ जेठ ।डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी […]