२७ मंसिर २०८१, बिहिबार
12-12-2024 , Thu

किन नाङ्गीए सांसद अमरेश ?

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, बैशाख २५, २०८०

काठमाडौं, वैशाख २५

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबार संसद्मा कपडा खोलेर विरोध जनाएका छन् । सांसदलाई बोल्न विशेष समय नछुट्याई सभामुख देवराज घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि सिंहले कपडा खोलेर विरोध जनाएका थिए ।

सिहं कम्मरभन्दा माथिका सबै कपडा खोलेर अर्धनग्न भएका थिए । देवराज घिमिरेले सभ्यताका साथ प्रस्तुत हुन चेतावनी दिएपछि उनले खोलेका कपडा पुनः लगाएका थिए ।
राजनितिक दलका ठुला नेता र उनका नातागोतानै भ्रष्ट्रचारमा संलग्न भएको विषयबारे सिंहले सदनमा प्रश्न उठाउन खोजेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, म‌सिर २७ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । एनपीएल इतिहासकै पहिलो सुपर ओभरमा पोखराले विजयी सुरुवात गरेको हो । निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले रेइफरको विस्फोटक ब्याटिङमा […]

विराटनगर, म‌सिर २७ । नेपाल पत्रकार महासंघ मोरङको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ । जसमा प्रेस चौतारी, प्रेस युनियन र संघीय प्रेस मञ्चको तर्फबाट सुशीला पाठक, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनको तर्फबाट नवराज कट्टेल र प्रेस युनियनको विद्रोही टिमको तर्फबाट भोजराज बस्नेतले उम्मेद्वारी दिएका हुन् । मंसिर २८ गते हुने निर्वाचनका […]

काठमान्डौं,२५ मंसिर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी […]