२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई विराटनगरमा सम्मान गरिने

Logo
संवाददाता जनचर्चा

विराटनगर
वैशाख २७ गते उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर प्राप्त गरी राष्ट्रिय गौरव उचो वनाएको खुशियालीमा खेलाडीको सम्मान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्मान कार्यक्रम संगै खेलाडीहरुको नगर परिक्रमा गराईने कार्यक्रम रहेको छ । दिनको ११.४५ वजे कन्चनवारी एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुदै रोडशेष चोकसम्म र त्यहाबाट पुनः महेन्द्र चोक हुदै बरगाछीसम्म परिक्रमा गर्ने गरी रुट तय गरिएको यो कार्यक्रम संयोजन गरिरहेका उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले वताए ।
सोही दिन आयोजक संस्थाले राष्ट्रिय टिमका खेलाडी तथा अफिसियललाई संयूक्त रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम समेत रहेको पारस लुनियाले वताए ।

एसिसि कपको छनौट चरणका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलका माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा देशको शिर उचो पार्न सफल खेलाडीको सम्मानमा आयोजना गरिने नगरपरिक्रमको क्रममा आ–आफनो स्थानबाट स्वागत गरि खेलाडीहरुलाई हौसला प्रदान गरिदिन आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]