०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

हैटाैँडामा आरजुलाई कालो झण्डा देखाउन खाेज्ने युवक पक्राउ

पक्राउ पर्ने स्थानीय कृष्णराज कोइराला हुन्
Logo
संवाददाता जनचर्चा

काठमाडाैं

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं कांग्रेस सभापति शेर बहादुर देउवाका पत्नि आरजु देउवा राणालाई हैटाैँडामा एक युवकले कालो झण्डा देखाउने प्रयास गरेका छन् ।
साे क्रममा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एक कार्यक्रममा सहभागी हुन बिहीवार हेटौंडा आएकी केन्द्रीय सदस्य राणालाई कालो झण्डा देखाउन खोजको भन्दै स्थानीय कृष्णराज कोइरालालाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएकाे छ । युवकलाई हेटौंडा–२ स्थित कान्तिराजपथबाट पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरीले जनाएकाे छ ।

आरजु देउवा राणालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै कोइरालाले बिहीवार आफ्नो फेसबुक पेजमा राणाको बिरोध गर्दै बहिष्कारको लागि आग्रह समेत गरेका थिए । कांग्रेस नेतृ राणाले उद्घाटन गर्ने भनिएको हेटौँडा २ मा रहेको सुपरमार्केटको उद्घाटन स्थलमा कालो झण्डा देखाएर विरोध गर्ने पक्राउ परेका कोइरालाकाे तयारी रहेकाे बुझिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]