११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभा समुद्घाटन सम्पन्न

प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल
Logo
निरज बस्नेत

विराटनगर
विराटनगरमा उद्योग संगठन मोरङको ५०औं बार्षिक साधारणसभाको समुद्घाटन सम्पन्न भएको छ । समुद्घाटन समारोहलाई वर्तमान अध्यक्ष सुयस प्याकुरेलले स्वागत मन्तव्यसहित सम्वोधन गरेका थिँए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल रहेका थिँए । उक्त कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्ने क्रममा मन्त्री रिजालले उद्योगीको समस्या भनेको राष्ट्रको समस्या भएकाे बताए । यसक्रममा आइपर्ने सवैखाले समस्या समाधान गर्न नेपाल सरकार प्रतिवद्द रहने जानकारी गराएका थिँए । साथै बार्षिक साधारणसभाको सफलताको शुभकामना दिएका थिँए ।

कार्यक्रममा रास्वपाका नेता तथा प्रतिनिभि सभाका सदस्य मनिस झा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायत समाजका अन्य गन्यमान्य मानिसहरु लगायत धेरै व्यवसायीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वर्तमान अध्यक्ष सुयस प्याकुरेलको कार्यकालमा सहयोगी भूमिका निर्वाह गर्नेलाई मायाको चिनो प्रदान गरिएको थिँयो । विराटनगरका सफल व्यवसायी राकेश सुरानासहितको टिम अव उद्योग संगठन मोरङको नेतृत्व हाक्न आउने लगभग पक्का छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]