१० आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

नोबेलमा मनाइयो नर्सिङ्ग दिवस

Logo
संवाददाता जनचर्चा प्रकाशित शनिबार, बैशाख ३०, २०८०

विराटनगर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ बिभागले नर्सिङ्ग दिवस विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा नर्सिङ्ग दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ्ग दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरुको मन जित्ने गरी सेवा गर्न नर्सहरुलाई सुझाव दिइन् ।

नोबेल मेडिकल कलेजका प्रचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ्ग डाइरेक्टर रामेश्वरी सिंह, नर्सिङ्ग प्रशासक कल्पना पोखरेल लगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका छन् ।

नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका बिद्यार्थी, कर्मचारी लगायत कार्यक्रममा सहभागि थिए । नर्सिङ्ग दिवसको अवसरमा हरेक बर्ष नोबेलमा बिभिन्न कार्यक्रम गर्ने गरिएको छ । निजी क्षेत्रबाट सञ्चालित कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलमा करिब ६ सय नर्स कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् । महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक […]

विराटनगर २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको  छ । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने विगो रकम फरक फरक छ । हदबन्दीभन्दा […]