२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

उद्योग संगठन मोरङको अध्यक्षमा सुराना

सुरानासहित १४ सदस्यीय कार्यसमिति निर्विरोध
Logo
निरज बस्नेत प्रकाशित आइतबार, बैशाख ३१, २०८०

विराटनगर
उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुरानासहित १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । सुराना संगठनमा कर्मशील, मिलनसार,सरल एवं स्पष्टवत्ताको रुपमा चिनिन्छन् । विधानअनुसार सुराना नेतृत्वको यो कार्यसमितिले अबको २ वर्षको लागी संगठन चलाउने छ ।
शनिवार भएको निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठीलाई चुनेको छ । राठीको लोकप्रिय एवं मिलनसार व्यक्तित्व छ । राठीले अध्यक्ष पदको लागी मार्ग प्रस्शत गरीदिएपछिनै, निर्वाचन सहज ढंगले सम्पन्न हुने पुगेको बुझिएको छ ।

उपाध्यक्षमा राजकुमार गोल्छा, भोलेश्वर दुलाल र विपिन काबरा पनि निर्विरोध आएका छन् । गोल्छाले समितिमा वितिय क्षेत्र हेर्ने जिम्मेवारी पाएका छन् । उनी एक भद्र एवं शालिन स्वाभावको उद्योगी हुन् ।
त्यसैगरी दुलालले कृषी, उर्जा एवं जलस्रोतको जिम्मेवारी पाएका छन् । प्रगतिशिल छविका दुलाल पछिल्लो समय व्यवसायिक एवं सामाजिक कार्यक्रमहरुमा सक्रिय छन् । आर्थिक मन्दी बिच भर्खरै आयोजना गरिएको विराट–एक्स्पोलाई सफतापुर्वक सम्पन्न गराउन समेत उनको ठुलो योगदान रहेको संगठन भित्रै चर्चा हुने गरेको छ । अर्को उपाध्यक्ष विपिन काबराले रोजगारदातातर्फको जिम्मेवारी पाएका छन् । विपिन एक युवा उद्यमी हुन् । संगठनको उपाध्यक्ष जस्तो गरिमामय पदमा छोटो समय र कम उमेरमै पदस्थापन गर्ने काबरा एक उदारणीय पात्र हुन् ।

संगठनको कोषाध्यक्षमा सुवोध कोईराला छानिएका छन् । मिजासिलो स्वाभावको कोईराला व्यवसायीको हकहितको सवालमा वकालत गर्न सदैव दृढ रहने व्यक्ति हुन् । उनको सम्बन्ध उद्याेगी बिचमात्र नभएर नागरिक समाज, मिडिया एवं अन्य क्षेत्रमा पनि सुमधुर छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा ईन्द्र (राजन) खत्री, शौरभ सारडा, सुरेन्द्र गोल्छा र पारस लुनिया निर्वाचित भएका छन् । सदस्य मध्यका खत्री समाजसेवी एवं शैक्षिक व्यक्तीत्व हुन् । त्यसै गरी अर्को सदस्य लुनिया हस्मुख एवं मिजासिलो स्वाभावका सफल उद्योगी हुन् । उनी नेपालको क्रिकेटर समेत हुन् । हाल लुनियाले क्रिकेट नखेलेपनि खेलक्षेत्रमा उनको विशेष लगाव छ । भर्खरै उनकै अग्रसरतामा राष्ट्रिय क्रिकेट खेलाडीलाई गृह नगर विराटनगरमा निमन्त्रणा गरी नागरिक अभिनन्दन समेत गरिएको थियो । जुन कार्यले उद्योग संगठन मोरङको मात्र नभई यहाँका सबै औद्योगिक एवं व्यापारीक व्यक्तित्वको छवी समेत बढाएको थियो ।

त्यसैगरी सदस्य गोल्छा एक सफल उद्योगी रुपमा चिनिन्छन् । गोल्छा र हुलासको साखलाई हालसम्म गौरवान्वित राख्न उनको ठुलो योगदान छ । सदस्य शौरभ सारडा उदयमान उद्योगी हुन् उनी शारडा ग्रुप निर्देशक समेत हुन् ।
नँया सदस्यमा सन्तोषकुमार भगत, सृजन प्याकुरेल, दिपककुमार अग्रवाल र विरेन्द्र राठीको आगमन भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]