०४ साउन २०८२, शनिबार
19-07-2025 , Sat
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

२ थान पेस्तोल सहित ३ जना पक्राउ

Logo
संवाददाता जनचर्चा प्रकाशित सोमबार, जेठ ०१, २०८०

सुनसरी
सुनसरीको धरान स्थित दुई छुट्टा छुट्टै स्थानहरुबाट २ थान पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान(१५ का २४ बर्षीय रोहित राई रहेका छन् ।

बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (RIT)  समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिई सोधपुछको क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको पत्ता लागेकाे थियाे ।  साे पेस्ताेलहरु १ थान दिपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनि बताए अनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाई छिपाई राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको हो ।

सोही राती रोहीत राईको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिन सहितको ःबमभ ष्ल क्ष्तबथि लेखेको १ थान पेस्तोल सहित राईलाई पक्राउ गरेको हो । दुई वोटा पेस्तोल सहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]