१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

२ थान पेस्तोल सहित ३ जना पक्राउ

Logo
संवाददाता जनचर्चा

सुनसरी
सुनसरीको धरान स्थित दुई छुट्टा छुट्टै स्थानहरुबाट २ थान पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान(१५ का २४ बर्षीय रोहित राई रहेका छन् ।

बिशेष सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (RIT)  समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिई सोधपुछको क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको पत्ता लागेकाे थियाे ।  साे पेस्ताेलहरु १ थान दिपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको भनि बताए अनुसार घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाई छिपाई राखेको नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल प्रहरीले बरामद गरेको हो ।

सोही राती रोहीत राईको घरकोठा खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाई छिपाई राखेको अवस्थामा म्याग्जिन सहितको ःबमभ ष्ल क्ष्तबथि लेखेको १ थान पेस्तोल सहित राईलाई पक्राउ गरेको हो । दुई वोटा पेस्तोल सहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]