२५ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

विराट राजाको दरबारदेखि बर्जु तालसम्म दौड

आयाेजक मन्त्रालय गम्भीर नहुदाँ, दाैड असफल हुने शंका
Logo
निरज बस्नेत प्रकाशित मंगलबार, जेठ ०२, २०८०

बर्जु
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रर्वद्धनका लागि विराट राजाको दरबारको क्षेत्रदेखि बर्जु तालसम्म दौड (हाफ म्याराथन)  प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ ६ गते शनिवार बिहान ६ बजे साे हाफ म्याराथन प्रतियोगिता हुने जानकारी प्राप्त भएको छ ।

सो म्याराथन गरी मोरङको विराटनगर १८ स्थित भेडियारीमा रहेको विराट राजाको दरवार र सुनसरीको बर्जु पालिकामा रहेको ऐतिहासिक बर्जु ताललाई चिनाउने  मुख्य उदेश्य रहेको छ । सो म्याराथनलाई सफल बनाउन बर्जु गाँउपालिकाका अध्यक्ष जिबछ कुमार राय र समग्र गाँपाका जनप्रतिनिधिका टोली अहोरात्र खटीरहेका छन् । उनले एक एक समाजका नागरिक, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मीसँग म्यारथनलाई कसरी सफल बनाउने विषय दैनिक छलफल चलाईरहेका छन् ।  गाँपा अध्यक्ष रायले आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न आफु सदैव तत्पर रहेको प्रतिक्रिया समेत दिएका छन्  ।

उता मुल आयोजक कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय भने सो म्याराथोनलाई सफल बनाउन खासै चिन्तित र जिम्मेवार भएको देखिदैन । प्रचारप्रसारको लागी मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनबारे स्थानीय संचारमाध्यमलाई समेत सार्वजनिक सूचना नदिँदा प्रचारप्रसार प्रभावकारी ढंगले हुन सकेन । पहिलो गाँसमै ढुंगापरेपछि म्याराथन गराउने नाममा राज्यको सम्पत्ति त्यसै खेर जाने त हैन भन्ने विषयमा पत्रकार प‌ंक्ति स‌शंकित छन् ।

आयोजक कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री जीवन आचार्य हुन् । उनी बाहलबाला प्रधानमन्त्री प्रचण्डका ज्वाइँ समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, कार्तिक २३ – भारतको बिहार विधानसभा निर्वाचन २०२५ को दोस्रो चरणको मतदानका कारण विराटनगरको रानी नाका तीन दिनका लागि बन्द गरिएको छ। मोरङ प्रशासन र भारतीय समकक्षीसँगको छलफलमा सहमति भएअनुसार यो निर्णय लिइएको हो। मतदानकाे दिन भन्दा ७२ घण्टा पूर्व नेपाल-भारत सीमा सील गर्ने सहमति भएकाे छ। बन्द भएको समय: मिति २०८२।०७।२२ गते शनिबार बेलुकी […]

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]