०३ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
Gold Silver Price (27 ASAR 2082, FRI)
Fine Gold 1 Tola NRs. 192300
Silver 1 Tola Nrs. 2235

शिक्षा अधिकृतले दु:ख दिएकाे भन्दै कानेपाेखरीका शिक्षक आन्दाेलित

Logo
संवाददाता जनचर्चा प्रकाशित मंगलबार, जेठ ०२, २०८०

विराटनगर
मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’

शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मुकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धीत निकाय बेखबर नै रहेको र निज शिक्षा अधिकृतले आफ्नो व्यवहार पविर्तन नगरेको साथै दिनप्रतिदिन सोही क्रियाकलाप दोहोरिरहेको पाइएकोले हामी ज्ञापन पत्र बुझाउन बाध्य छौं । अति गर्नु तर, अतिचार नगर्नु,’ ज्ञापनपत्रमा उल्लेख छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक महासंघका अध्यक्षहरु क्रमशः सुरतलाल चौधरी, जंगबहादुर बोहोरा, सन्जीव खड्का र विजयगोपाल गड्तौलाले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा विभिन्न ९ वटा माग समावेश गरिएको छ । जसमा एक महिनाभित्र शिक्षा अधिकृत बेगबहादुर काफ्लेको सरुवा गर्नुपर्ने, करार शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी बनाउन शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार व्यवस्थापन समितिबाट विषयविज्ञ चयन गर्ने व्यवस्था गर्नुपर्ने, शिक्षा समितिले सम्पादन गर्ने हरेक शैक्षिक गतिवधिका कार्यमा महासंघको प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने, समयमै मासिक तलब निकासा हुनुपर्ने, बालविकास शिक्षकको बढेको तलब २ हजार तत्काल भुक्तानी गर्नुपर्ने, विद्यालयको आवश्यक शैक्षिक सामग्रीको व्यवस्थाका लागि बजेटको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा संचालन भएका कम्प्युटरसम्बन्धी तालिम, गोष्ठी तथा स्थानीय पाठ्यक्रम प्रविधिकरण तालिममा सहभागी शिक्षक कर्मचारीलाई रकम बुझेको भरपाइमा हस्ताक्षर गराएर रकम नदिएकोमा अविलम्ब भुक्तानीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२९ असार । पतंजली महानगर योग समिति विराटनगरले नयाँ योग साधकहरुलाई स्वागत तथा सम्मान गरेको छ । महिला पतंजली योग महानगर समिति तथा पतंजली योग समिति मोरङको समन्वयनमा विराटनगर ४ दयालु राधाकृष्ण धर्मशालामा कार्यक्रम भएको हो । २५ जना भन्दा नयाँ योग साधक,साधिकाहरुलाई प्रमाणपत्र र परिचय प्रदान गरिएको महानगर योगसमिति संयोजक शिल्पा प्याकुरेलले जानकारी दिइन् […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]