१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शिक्षा अधिकृतले दु:ख दिएकाे भन्दै कानेपाेखरीका शिक्षक आन्दाेलित

Logo
संवाददाता जनचर्चा

विराटनगर
मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने, शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् ।’

शिक्षा शाखाबाट भइरहेका यसखाले गतिविधिप्रति पालिका नेतृत्व मुकदर्शक बनेको पनि उनीहरुले आरोप लगाएका छन् । ‘सम्बन्धीत निकाय बेखबर नै रहेको र निज शिक्षा अधिकृतले आफ्नो व्यवहार पविर्तन नगरेको साथै दिनप्रतिदिन सोही क्रियाकलाप दोहोरिरहेको पाइएकोले हामी ज्ञापन पत्र बुझाउन बाध्य छौं । अति गर्नु तर, अतिचार नगर्नु,’ ज्ञापनपत्रमा उल्लेख छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक महासंघका अध्यक्षहरु क्रमशः सुरतलाल चौधरी, जंगबहादुर बोहोरा, सन्जीव खड्का र विजयगोपाल गड्तौलाले हस्ताक्षर गरिएको ज्ञापन पत्रमा विभिन्न ९ वटा माग समावेश गरिएको छ । जसमा एक महिनाभित्र शिक्षा अधिकृत बेगबहादुर काफ्लेको सरुवा गर्नुपर्ने, करार शिक्षक नियुक्ति प्रक्रिया पारदर्शी बनाउन शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार व्यवस्थापन समितिबाट विषयविज्ञ चयन गर्ने व्यवस्था गर्नुपर्ने, शिक्षा समितिले सम्पादन गर्ने हरेक शैक्षिक गतिवधिका कार्यमा महासंघको प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने, समयमै मासिक तलब निकासा हुनुपर्ने, बालविकास शिक्षकको बढेको तलब २ हजार तत्काल भुक्तानी गर्नुपर्ने, विद्यालयको आवश्यक शैक्षिक सामग्रीको व्यवस्थाका लागि बजेटको व्यवस्था गर्नुपर्ने र विभिन्न समयमा संचालन भएका कम्प्युटरसम्बन्धी तालिम, गोष्ठी तथा स्थानीय पाठ्यक्रम प्रविधिकरण तालिममा सहभागी शिक्षक कर्मचारीलाई रकम बुझेको भरपाइमा हस्ताक्षर गराएर रकम नदिएकोमा अविलम्ब भुक्तानीको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, साउन १२। नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि युवा नेताहरू कृष्णबहादुर कार्की र केशव गिरीले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । दुवैले पार्टी कार्यालयमा गएर मनोनयन पत्र बुझाएका हुन् । सभापतिमा यी दुईबीच मात्रै उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निश्चित भएको छ । कार्की विराटनगर–३ र गिरी विराटनगर–४ का बासिन्दा हुन् । विद्यार्थी […]