२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

सवारी दुर्घटनाबाट दुईको मृत्यु

Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, जेठ ०४, २०८०

पाँचथर
पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्थानिय कमल सुबेदीको छोरी १२ बर्षीया पुजना सुबेदी र १० बर्षीया गंगा सुबेदी रहेका छन ।

बुधबार बिहान सवा ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे। १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर बिध्यालय तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लड्दा चक्काले किची उनिहरुको मृत्यु भएको हो । घाईते भएका स्थानिय बिशाल बराईलीको ११ बर्षीया छोरी रेश्मा बराईली र गणेश अधिकारीको १० बर्षीया छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक कुम्मायक पाँचथरका प्रेम बहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]