१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाली नागरिकताको प्रमाणपत्र अव के बेकार हुने हो त…?

अवदेखी, बैंक खाता खोल्दा, सवारी लाइसेन्स बनाउँदा, लालपूर्जा जारी गर्दा, स्थायी लेखा नम्वर लिदा राष्ट्रिय परिचय पत्र अनिवार्यता गरियो । यो कार्य आगामी ३ बर्षभित्रमा लागू हुने जनाइएको छ ।
Logo
निरज बस्नेत

विराटनगर, जेठ ५
नेपाल सरकारको नीति तथा कार्यक्रम शुक्रवार प्रतिनिधि सभा भवनमा राष्ट्रपति रामचन्द्र पौंडेलले वाचन गरे । वाचनका क्रममा, राष्ट्रिय परिचय पत्रलाई उच्च प्राथमिकतामा राखियो ।

र, भनियो अवदेखी, बैंक खाता खोल्दा, सवारी लाइसेन्स बनाउँदा, लालपूर्जा जारी गर्दा, स्थायी लेखा नम्वर लिदा राष्ट्रिय परिचय पत्र अनिवार्यता गरियो । यो कार्य आगामी ३ बर्षभित्रमा लागू हुने जनाइएको छ । नागरिकको जैविक विवरण एकपटक मात्र लिने पनि सरकारले बताएको छ ।

यसको मतलव अव के नेपाली नागरिकताको प्रमाणपत्र रद्दीको टोकरीमा फाल्दिदा भयो त…? यो प्रश्न जनजनको हो ।

राष्ट्रिय परिचयपत्र छपाइका क्रममा ठूलो आर्थिक चलखेलको प्रशष्तै चर्चा पनि जताततै चलिनैरहेको छ । एकातिर भनिदैछ, आर्थिक मन्दी अनि अर्कोतर्फ राष्ट्रिय परिचयपत्र छपाइमै घोटाला हुन्छ । यस्तो त अत्ति नै भयो । यसमा त अव जनता चुप लागेर पनि नबस्लान् । अनि फेरी नेपाली नागरिताको प्रमाणपत्र हुँदाहुँदै किन चाहीयो , यो राष्ट्रिय परिचय पत्र ? अनि फेरी भोली भनिएला अर्को नेपाल परिचयपत्र ? यसरी त मुलुक धराशय बन्ला ?

यससम्वन्धमा सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु नै अनभिज्ञता प्रकट गर्छन् । कतिपयलाई फोनमा यो प्रश्न सोध्दा कुरै बुझिएन , पछि कुरा गरौ ल समेत भन्न भ्याए । अर्कोतर्फ कतिपयले चाँही नाम नबताउँने शर्तमा यो सवै कमिशनको चक्कर हो । नेपाली नागरिताको प्रमाणपत्रको अव केही काम छैन समेत भने ।

यता समाजका कतिपय बौद्दिक सर्कलका महानुभावहरुको यसमा गम्भिर आपत्ति समेत रहेको पाइयो । नागरिकता भन्ने त आजीवन हुनुपर्छ । राज्यको ढुकुटी कमिशनको लोभमा यत्तिसारो ब्रम्ह्लुट गर्ने छुट त कसैलाई छैन ।

जनताको स्तरबाट राष्ट्रियताको सवालमा धेरै नै चिन्ता अनि चासो पाइन्छ । यथार्थततामा सरोकारवाला निकाय भने चाँही, जे मा पनि नीतिगत भ्रष्टाचारमा र्चुलुम्म डुबेका छन् । दिनप्रतिदिन आज मुलुक टाट पल्टिने क्रममै पुग्दैछ । अझैपनि मौका गएको छैन । भनिन्छ , ताल परेमा बगेको खोला त फर्काउँन सकिन्छ ।

हामी आ–आफ्नो ठाउँबाट सवैले राज्य बनाउँनमा योगदान गरेमा यो मुलुक समृद्द हुन केही बेर पनि लाग्नेछैन । अतः यस्ता झिना–मसिना कुरामा रुमल्लिनुभन्दा समय सापेक्ष तवरले बोल्ड डिसिजन लिनुनै देशको हितमा हुनजान्छ ।

प्रसंग राष्ट्रिय परिचयपत्रको आएतापनि, यसलाई हलुका रुपमा लिनुहुन्न । ठीक छ ,राष्ट्रिय परिचय पत्रले कतिपय राम्रो काम पनि भविष्यमा गर्ला । तरपनि यसमा कमिशनको गन्धले राम्रो कामलाई पनि धूमिल नपार्ला यसै भन्न नसकिएला..?
समयमानै नेपाल सरकारको घैंटोमा कोनी के जाति ….लागोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]