०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपाली नागरिकताको प्रमाणपत्र अव के बेकार हुने हो त…?

अवदेखी, बैंक खाता खोल्दा, सवारी लाइसेन्स बनाउँदा, लालपूर्जा जारी गर्दा, स्थायी लेखा नम्वर लिदा राष्ट्रिय परिचय पत्र अनिवार्यता गरियो । यो कार्य आगामी ३ बर्षभित्रमा लागू हुने जनाइएको छ ।
Logo
निरज बस्नेत

विराटनगर, जेठ ५
नेपाल सरकारको नीति तथा कार्यक्रम शुक्रवार प्रतिनिधि सभा भवनमा राष्ट्रपति रामचन्द्र पौंडेलले वाचन गरे । वाचनका क्रममा, राष्ट्रिय परिचय पत्रलाई उच्च प्राथमिकतामा राखियो ।

र, भनियो अवदेखी, बैंक खाता खोल्दा, सवारी लाइसेन्स बनाउँदा, लालपूर्जा जारी गर्दा, स्थायी लेखा नम्वर लिदा राष्ट्रिय परिचय पत्र अनिवार्यता गरियो । यो कार्य आगामी ३ बर्षभित्रमा लागू हुने जनाइएको छ । नागरिकको जैविक विवरण एकपटक मात्र लिने पनि सरकारले बताएको छ ।

यसको मतलव अव के नेपाली नागरिकताको प्रमाणपत्र रद्दीको टोकरीमा फाल्दिदा भयो त…? यो प्रश्न जनजनको हो ।

राष्ट्रिय परिचयपत्र छपाइका क्रममा ठूलो आर्थिक चलखेलको प्रशष्तै चर्चा पनि जताततै चलिनैरहेको छ । एकातिर भनिदैछ, आर्थिक मन्दी अनि अर्कोतर्फ राष्ट्रिय परिचयपत्र छपाइमै घोटाला हुन्छ । यस्तो त अत्ति नै भयो । यसमा त अव जनता चुप लागेर पनि नबस्लान् । अनि फेरी नेपाली नागरिताको प्रमाणपत्र हुँदाहुँदै किन चाहीयो , यो राष्ट्रिय परिचय पत्र ? अनि फेरी भोली भनिएला अर्को नेपाल परिचयपत्र ? यसरी त मुलुक धराशय बन्ला ?

यससम्वन्धमा सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु नै अनभिज्ञता प्रकट गर्छन् । कतिपयलाई फोनमा यो प्रश्न सोध्दा कुरै बुझिएन , पछि कुरा गरौ ल समेत भन्न भ्याए । अर्कोतर्फ कतिपयले चाँही नाम नबताउँने शर्तमा यो सवै कमिशनको चक्कर हो । नेपाली नागरिताको प्रमाणपत्रको अव केही काम छैन समेत भने ।

यता समाजका कतिपय बौद्दिक सर्कलका महानुभावहरुको यसमा गम्भिर आपत्ति समेत रहेको पाइयो । नागरिकता भन्ने त आजीवन हुनुपर्छ । राज्यको ढुकुटी कमिशनको लोभमा यत्तिसारो ब्रम्ह्लुट गर्ने छुट त कसैलाई छैन ।

जनताको स्तरबाट राष्ट्रियताको सवालमा धेरै नै चिन्ता अनि चासो पाइन्छ । यथार्थततामा सरोकारवाला निकाय भने चाँही, जे मा पनि नीतिगत भ्रष्टाचारमा र्चुलुम्म डुबेका छन् । दिनप्रतिदिन आज मुलुक टाट पल्टिने क्रममै पुग्दैछ । अझैपनि मौका गएको छैन । भनिन्छ , ताल परेमा बगेको खोला त फर्काउँन सकिन्छ ।

हामी आ–आफ्नो ठाउँबाट सवैले राज्य बनाउँनमा योगदान गरेमा यो मुलुक समृद्द हुन केही बेर पनि लाग्नेछैन । अतः यस्ता झिना–मसिना कुरामा रुमल्लिनुभन्दा समय सापेक्ष तवरले बोल्ड डिसिजन लिनुनै देशको हितमा हुनजान्छ ।

प्रसंग राष्ट्रिय परिचयपत्रको आएतापनि, यसलाई हलुका रुपमा लिनुहुन्न । ठीक छ ,राष्ट्रिय परिचय पत्रले कतिपय राम्रो काम पनि भविष्यमा गर्ला । तरपनि यसमा कमिशनको गन्धले राम्रो कामलाई पनि धूमिल नपार्ला यसै भन्न नसकिएला..?
समयमानै नेपाल सरकारको घैंटोमा कोनी के जाति ….लागोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]